पूर्वसांसदले खाेले अस्पताल

पूर्वसांसदले खाेले अस्पताल

जाजरकोट : पूर्वसांसद राजीवविक्रम शाहले छेडागाड ५ बडावनमा २५ शय्याको अस्पताल बनाएका छन्। ५ करोड रुपैयाँ लागतमा एक वर्षअघि अस्पताल थालिएको थियो।

सर्वसुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले व्यक्तिगत लगानीमा अस्पताल बनाएको पूर्वसांसद शाहले बताए। उनले मंसिरभित्र अस्पतालको भौतिक पूर्वाधारका सबै काम सकिने दाबी गरेका छन्। ‘कम्तीमा एक जना एमडीजीपी गरेको डाक्टर राखेर सामान्य खालका शल्यक्रियासहित सेवा उपलब्ध गराउने तयारीमा छौं’, उनले भने।

सांसदकै अगुवाइको संस्था कुमारी ट्रस्टले सञ्चालन गर्ने अस्पतालमा मासिक कम्तीमा ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। डाक्टर र स्टाफका लागि आवास, प्रशासनिक भवन, सोलार र जेनेरेटर राख्ने भवन पनि निर्माण गरिएको छ। भूकम्पप्रतिरोधी भवन निर्माणसँगै अस्पतालका लागि आवश्यक पर्ने २ करोड ५० लाख रुपैयाँका उपकरण पनि किनिएको छ।

शाहले ०७० सालको निर्वाचन क्रममा जाजरकोटका जनतासँग अस्पताल निर्माण गर्ने प्रतिबद्धता गरेका थिए। व्यक्तिगत लगानीमा सामुदायिक अस्पताल निर्माण गरेर जनतासँग गरेको वाचा पूरा गर्न अस्पताल निर्माण गरेको पूर्वसांसद शाहले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.