सबै स्थानीय तहमा इन्टरनेट सेवा

सबै स्थानीय तहमा इन्टरनेट सेवा

कालिकोट : कालिकोटका सबै स्थानीय तहमा इन्टरनेट सेवा विस्तार गरिएको छ। स्थानीय तहका गतिविधि नागरिकमाझ पुर्‍याउन र आवश्यक सूचना लिन इन्टरनेट सेवा अनिवार्य भएको शान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर शाहीले बताए।

नगरपालिका र गाउँपालिकाले वेबसाइट बनाएर जनतालाई सु­सूचित गराएका छन्। केही स्थानीय तहमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता, सम्पत्ति कर, भूमिकरलगायत राजस्वको नगदी रसिद अनलाइन पद्धतिबाट अभिलेख राख्न सुरु गरिएको छ।

ररास्कोट, तिलागुफा नगरपालिका र पलाँता, पचालझरना, शान्नित्रिवेणी, नरहरिनाथ, शुभकालिका र महाँवै गाउँपालिकामा यस वर्षदेखि इन्टरनेट सेवा विस्तार गरिएको हो। स्थानीय जनतालाई छिटो, छरितो र भरपर्दो सेवा प्रवाह गर्न, संस्थागत कागजात चुस्त राख्न इन्टरनेट सेवा जडान गरिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए। ‘गाउँपालिकाका सम्पूर्ण सूचना जनताले हेर्न र बुझ्न मोबाइल एप्स पनि सुरु भएको छ’, उनले भने।

उनले गाउँपालिकामा बैंक पनि सञ्चालन गर्नुपरेकाले इन्टरनेट सेवा जडान गर्नुपरेको जानकारी दिए। रास्कोट नगरपालिकामा पनि इन्टरनेट सेवा जडान गरी व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ताको अभिलेख अनलाइनमा राख् सुरु गरिएको नगर प्रमुख कासीचन्द्र बरालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.