रकम उठाएर विद्युतगृह निर्माण

रकम उठाएर विद्युतगृह निर्माण

तानसेन : माथागढी गाउँपालिका गोठादीकी पवित्रा थापाको दैनिकी फेरिएको छ। अधिकांश समय जाँतो पिसेर दिन गुजारेकी उनले गाउँमा बिजुली बल्न थालेदेखि निकै राहत पाएकी छन्। गाउँमै कुटानी पिसानी मिल सञ्चालन भएपछि पवित्राजस्ता महिलालाई सहज भएको छ। नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन गाउँमा लैजान सम्भव नभएपछि गाउँमै लघुविद्युत् उत्पादन गरिएको छ।

विद्युत् अभावमा गोठादीका अधिकांश महिला ढिकी जाँतोमा भर पर्दै आएका थिए। उनीहरूले आफ्नै श्रमबाट गाउँमै बिजुली बाल्न सकेका हुन्। गोठादीवासीले ३० किलोवाटको पावरहाउस बनाई लघुजलविद्युत् उत्पादन थालेका छन्। अहिले तीन सय परिवारमा २४ सै घण्टा बिजुली बल्ने गर्छ। लघुजलविद्युत् बनाउन हरेक परिवारले तीन सय दिन श्रमदान र प्रतिपरिवार ३४ हजारका दरले १ करोड २ लाख रुपैयाँ उठाएका थिए।

विद्युतीकरणका लागि नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट ५२ लाख रुपैयाँ प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष रनबहादुर खाम्चाले बताए। अहिले, ‘घरघरमा टीभी, रेडियोबाट देश विदेशका समाचार सुन्न पाएका छौं, घरमै मोबाइल चार्ज गर्ने सुविधा पाएका छौं’, स्थानीय व्यवसायी प्रेमबहादुर घर्तीले भने। गाउँमा बिजुली आएपछि फर्निचर मिल, घरेलु उद्योग सञ्चालन हुन थालेका छन्।

लघुजलविद्युत्कै कारण गाउँमा कतिपयले रोजगारीसमेत पाएका छन्। ‘टुकी बालेर होटल चलाउँदै आएको थिएँ, साँझ पर्नेबित्तिकै बन्द गर्नुपर्ने बाध्यता थियो। तर, बिजुली आएपछि होटलमा कारोबार पनि बढ्न थालेको छ।’ स्थानीय होटल व्यवसायी भक्तबहादुर खाम्चाले बताए। बिजुली बल्न थालेपछि बालबालिकाको पढाइमा पनि सहज भएको छ। तर, गोठादीका स्थानीयले उत्पादन गरेका विद्युत् गाउँमा पूर्ण रूपमा खपत हुन भने सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.