बुहारी खोज्न गएकी सासू मृत भेटिइन्
बैतडी : बुधबार साँझ बुहारी खोज्न घरबाट निस्केकी बैतडीको दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार साउगाउँकी पार्वती भट्ट मृत फेला परेकी छन्।
५२ बर्षीया भट्ट दशरथचन्द्र नगरपालिका ४ को झल्कोट जङगलमा झुन्डिएको अवस्थामा शुक्रबार फेला परेकी हुन्।
भट्ट सारीको पासो बनाएर झुन्डिएको अवस्थामा भेटिएको घटनास्थल पुगेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।
बुधबार बिहान घाँस काट्न गएकी ३० बर्षीया बुहारी निर्मला भट्ट साँझसम्म पनि नफर्केपछि पार्वती खोज्न भनेर निस्केकी थिइन्।
पार्वतीकी बुहारी निर्मला पनि बिहीबार झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
सासु र बुहारी दुवै मृत अवस्थामा फेला परेकाले घटना रहस्यमय भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
३