प्याराग्लाइडिङ विश्वकप : १३ देशका ७० खेलाडी सहभागी

प्याराग्लाइडिङ विश्वकप : १३ देशका ७० खेलाडी सहभागी

स्याङ्जा : स्याङ्जाको भीरकोट नगरपालिका- ५ स्वरेक मैदानको महापुरमा आयोजना भएको प्रथम एक्युरेसी प्याराग्लाइडिङ विश्वकप प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि खेल सञ्चालन भएका छन्।

नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एड्भेन्चर क्लब स्याङ्जाको आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो। पहिलो दिनको प्रतियोगितामा १३ देशका ७० जना प्याराग्लाइडर सहभागी भएको बाबु एडभेन्चर क्लबका निर्देशक सानुबाबु सुनुवारले जानकारी दिए।

सहभागीले पहिलो पटक परीक्षण उडानपछि दोस्रो चरणमा प्रतियोगितामा सहभागी भएका थिए। उनीहरू सबैले ६ चरणका खेल खेल्नुपर्ने आयोजकले जनाएको छ। भीरकोटको महापुरबाट उडान भरेका प्याराग्लाइडरका लागि वालिङ नगरपालिका-११ डौवाफाँटमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ।

प्रतियोगितामा नेपालसहित क्यानडा, चीन, हंगेरी, इजिप्ट, भारत, इन्डोनेसिया, दक्षिण कोरिया, उत्तर कोरिया, पाकिस्तान, साउदी अरेबिया, सिंगापुर थाइल्यान्ड, अमेरिका यूएई, फ्रान्स, टर्की, बेलायत, जापान, मलेसिया, मंगोलिया, इरानलगायत देश खेलाडी सहभागी छन्।

प्रतियोगिता नेपाल भ्रमण वर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा वृद्धि र हवाई खेलको विश्वमा परिचित गराउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो। स्याङ्जालाई प्याराग्लाइडिङका रूपमा विश्वभर चिनाउने र आधीखोला भ्यालीलाई हवाई रंगशाला बनाई साहसिक खेलका माध्यमद्वारा आर्थिक समृद्धि गर्ने लक्ष्य रहेको आयोजक समिति सचिवालय संयोजक अनन्तकुमार श्रेष्ठले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.