पोखरा प्रिमियर लिग : काठमाडौं शीर्ष स्थानमा

पोखरा प्रिमियर लिग : काठमाडौं शीर्ष स्थानमा

पोखरा : पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको अंकतालिकाको शीर्ष स्थानमा काठमाडौं रोयल्स उक्लिएको छ। बुटवल ब्लास्टलाई ३७ रनले पराजित गर्दै काठमाडौं शीर्ष स्थानमा उक्लिएको हो।

पोखरा रंगशालाको क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्सले बुटवल ब्लास्टलाई पराजित गर्दै ६ अंक जोडेको छ।

शुक्रबार नै भएको पहिलो खेलमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको धनगढी ब्लुजले पोखरा पल्टनमाथि रोमाञ्चक जित निकाल्र्दै ६ अंक नै जोडेको छ। काठमाडौं रोयल्सले चार खेल खेल्दै तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै ६ अंक जोडेको छ भने धनगढीले पाँच खेलबाट ६ अंक जोडेको छ।

शुक्रबार पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित चार विकेटको क्षतिमा बुटवल ब्लास्टलाई एक सय ७२ रनको लक्ष्य दिएको थियो। एक सय ७३ रनको चुनौती पछ्याएको बुटवलले नौ विकेट गुमाएर एक सय ३५ रन मात्र बनाउन सक्यो। काठमाडौंको यो लगातार दोस्रो जित हो।

बुटवलका रोहन मुस्ताफाले ५१ बलमा ६१ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनी पेभेलिएन फर्किएसँगै बुटवल ब्लास्ट दबाबमा परेको थियो। बुटवलका सिद्धान्त लोहनीले १३ र भीम सार्कीले १२ रन बनाए। काठमाडौंका अमरसिंह रौटेलाले तीन विकेट लिए। यस्तै वसन्त रेग्मी र नन्दनकुमार यादवले दुईदुई विकेट हात पारे।

टस जितेर ब्याटिङ गरेको काठमाडौंका नरेश बुढा ऐरले विस्फोटक ब्याटिङ गर्दै २८ बलमा ५८ रन बनाएका थिए। यस्तै जयक्रिसन कोल्सवालले ४५ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित २५ रन बनाए। बुटवलका विपिन खत्रीले दुई विकेट लिए।

अर्को खेलमा धनगढी ब्लुजले पोखरा पल्टनमाथि रोमाञ्चक जित निकाल्यो। दीपेन्द्रसिंह ऐरीले कप्तानी पाली खेल्दै अन्तिम ओभरमा १५ रन बनाएपछि दुई विकेटको रोमाञ्चक जित निकाल्यो। ऐरीले २६ बलमा ४९ रन बनाए। यस्तै बेलायती खेलाडी पिटर ट्रेगोले ३४ बलमा ५३ रन बनाए। पोखराका रासिद खानले चार विकेट लिए। यस्तै ललितनाथ राजवंशी र विक्रम भुसालले दुईदुई विकेट लिए।

पहिले ब्याटिङ गरेको पोखराले रोहितकुमार पौडेलको ३१ रनको योगदानमा एक सय ४५ रनको लक्ष्य दिएको थियो। पोखरा पल्टनका लागि कप्तान शरद भेषावकरले १४, विनोद भण्डारीले सात, मोहम्द नाभेदले ११ रन रासिद खानले १५ रन बनाए। धनगढीका कमलसिंह ऐरीले चार विकेट लिए। धनगढीका कप्तान ऐरी खेलको म्यान अफ दी म्याच घोषित भए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.