सन्दीपले पारसलाई सात रनमै आउट गरे

सन्दीपले पारसलाई सात रनमै आउट गरे

पोखरा : पोखरा प्रिमियर लिगत अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछानेले चितवन राइनोजका कप्तान पारस खड्कालाई सात रनमै बोल्ड गरेका छन्। 

विराटनगरले दिएको १४६ रनको चुनौती पछ्याउने क्रममा चितवनका कप्तान पारसलाई तेस्रो ओभरको पहिलो बलमा सन्दीपले बोल्ड गरेका हुन्। कप्तान पारस खड्का दोस्रो विकेटको रुपमा सात रन बनाएर आउट भएपछि चितवनको इनिङ धरापमा परेको छ। 

पाँच ओभर खेल्दा चितवनले तीन विकेटको क्षतिमा ३३ रन बनाएको छ। चितवनका हरिशंकर शाह र अनिल शाहसमेत आउट भइसकेका छन्। 

टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ४५ रन बनाएको हो। 

विराटनगरका लागि पाकिस्तानी खेलाडी मुहम्मद जेइद आलमले अर्धसतक बनाए। उनले ६ चौका र दुई छक्काको मद्दतमा ४७ बलमा ५१ रन जोडे। त्यसैगरी सुनिल धमलाले ४७ रन बनाए भने प्रदिपसिंह ऐरी र पुष्प थापाले ११–११ रन मात्र जोडे। 

चितवनका लागि कप्तान पारस खड्का र स्मित पटेलले दुईदुई विकेट लिए भने करण केसीले एक विकेट लिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.