रक्सीले निम्त्यायो झगडा : चापाकोटका मेयरलाई कालिकोटमा भक्तपुरका युवाले कुटे

रक्सीले निम्त्यायो झगडा : चापाकोटका मेयरलाई कालिकोटमा भक्तपुरका युवाले कुटे

कालिकोट : रारा भ्रमणबाट फर्किएका स्याङ्जाको चापाकोट नगरपालिका प्रमुखको टोली र भक्तपुरबाट घुम्न गएको टोलीबीच कालिकोटमा मदिरा पिएर कुटाकुट भएको छ । मुगुको रारा भ्रमणबाट आएका चापाकोटका नगरप्रमुख शिव गिरीको टोली र भक्तपुरबाट आएको टोलीबीच कुटाकुट हुँदा नगर प्रमुख गिरी घाइते भएका हुन् ।

शनिबार राति दुवै टोली कालिकोट सदरमुकामको सनलाइट होटेलमा बास बसेका थिए । त्यही क्रममा नगर प्रमुख गिरी र भत्तपुरबाट आएको टोलीबीच च्याङ्ग्राको मासु खाने विषयमा झडप भएको हो । 

झडपमा नगर प्रमुख गिरी, उनका स्वकीय सचिव राजकुमार मल्ल, नगर प्रहरी इन्चार्ज शोभित थापा र सवारी चालक घाइते भएको प्रहरीले जनाएको छ । रारा भ्रमण निस्केको भक्तपुरको भ्रमण टोली र चापाकोट नगरपालिकाको टोलीबीच मदिर पिएपछि च्याङ्ग्राको मासु पोलेर खाने बेला अपशब्द बोल्दै कुटाकुट भएको थियो । 

झगडामा संलग्न ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रहरी इन्सपेक्टर देवेन्द्रकुमार मल्लले जानकारी दिए । 

उनका अनुसार मेयरको टोलीलाई कुटपिट गर्ने भक्तपुरका सुजन पौडेल, मधु थापा मगर, निराजन थापा, प्रविन कासुला, रामेसोर गौतम, राजिन श्रेष्ठ, सिन्धुपाल्चोकका विकास श्रेष्ठ र सुर्खेतका निराजन बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घाइतेहरु जिल्ला अस्पताल कालिकोटमा उपचार गराई स्याङ्जा फर्किएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.