प्याराग्लाइडिङ विश्वकप : कोरियाको वर्चस्व, समूहगतमा नेपाल तेस्रो स्थानमा

प्याराग्लाइडिङ विश्वकप : कोरियाको वर्चस्व, समूहगतमा नेपाल तेस्रो स्थानमा

स्याङ्जा : प्रथम प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिताको उपाधिमा कोरियाले वर्चस्व कायम गरेको छ। पुरुष एकल, महिला एकल र समूहमा कोरियाका खेलाडी विजयी बनेका हुन्।

पुरुष एकलतर्फ १२ अंकका साथ दक्षिण कोरियाका स्याङगुई लिम पहिलो भए। यसैगरी दोस्रो र तेस्रो स्थानमा कोरियाकै जिहुन यू र किम कि ह्योन रहन सफल भए। पहिलो दिन अग्रपंक्तिमा रहेका स्लोभानियाका एडम भने अन्तिम दिन चौथो स्थानमा सीमित भए। नेपालका युकेश गुरुङ आठौं स्थानमा रहे। १३ देशका ६७ जना प्याराग्लाइडरबीच प्रतिस्पर्धा भएको थियो।

यसैगरी महिलातर्फ कोरियाकी हेयुन हि किम पहिलो, कोरियाकै इउन इयोङ चो दोस्रो र इन्डोनेसियाकी गीता रेज्की गुन्टारी तेस्रो भए। १५ जना महिला सहभागी रहेको यो प्रतिस्पर्धामा नेपालकी सविता तामाङ छैटौं स्थानमा रहिन्।

समूहगत प्रतिस्पर्धामा कोरियाका गिनग्लाइडर पहिलो, कोरियाकै दभिन्गीले दोस्रो हुँदा नेपाल तेस्रो स्थान ओगट्न सफल भयो। १७ समूहगत प्रतिस्र्धामा नेपालका युकेश गुरुङ, विजय गौतम, विशाल थापा र विमल अधिकारीको समूह तेस्रो भएको हो। स्वरेकको महापुरवाट उडान भरेको प्याराग्लाइडर वालिङको डौवाफाँटमा अवतरण गरेका थिए। ६ चरणका प्रतिस्र्धात्मक उडानमा सबैभन्दा कम अंक ल्याउने र निश्चित स्थानमा अवतरण गर्ने खेलाडी र समूह विजयी भएको बाबु एडभेन्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिए।

भीरकोट–५ महापुर मैदान र वालिङ–११ डौवामा नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, बाबु एडभेन्चर क्लब र नेपाल हवाई खेलकुद संघले आयोजना गरेको विश्वकप कात्तिक १५ गतेबाट सुरु भएको हो। प्रतियोगिता नेपाल भ्रमण वर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा वृद्धि, हवाई खेलको पहिचान गराउने उद्देश्यले आयोजना गरिएको हो। स्याङ्जालाई प्याराग्लाइडिङका सहरका रूपमा विश्वभर चिनाउने र आँधीखोला भ्यालीमा हवाई रंगशाला बनाई साहसिक खेलका माध्यमद्वारा आर्थिक समृद्धि गर्ने लक्ष्य रहेको साहसिक प्याराग्लाइडर सानुबाबु सुनुवारले बताए।

प्रतियोगितामा नेपाल, मंगोलिया, मलेसिया, थाइल्यान्ड, चीन, साल्भेनिया, कोरिया, क्यानडा, नेदरल्याड्स, भारत, इन्डोनेसिया, साउदी अरेबिया, सिगांपुरका ५२ पुरुष र १५ महिला गरी ६७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ७० सहभागीमध्ये तीन खेलाडी घाइते भएकाले तेस्रो दिनपछि उनीहरूले खेल त्यागेका थिए।

प्रतियोगिताको एकल प्रतिस्पर्धामा प्रथम हुनेले एक हजार, दोस्रोले सात सय ५० र तेस्रोले पाँच सय युरो पाएका थिए। समूहगततर्फको विजेताले एक हजार पाँच सय, दोस्रोले एक हजार दुई सय र तेस्रोले सात सय युरो पाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.