कात्तिकमै हिमपात

कात्तिकमै हिमपात

सुर्खेत : कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात सुरु भएको छ। आइतबारदेखि चिसो बढेको हिमाली जिल्लामा सोमबार बिहानैदेखि हिउँ पर्न थालेको छ। विगतका वर्षहरूमा मंसिर अन्तिमदेखि मात्रै हिउँ पर्ने गरेको थियो। कर्णालीका हुम्ला, मुगुको माथिल्लो भेग र जुम्ला आइतबार बिहानैदेखि हिउँ ढाकिएका छन्। आइतबार हुम्लाको तापक्रम माइनस ६ डिग्री सेल्सियसमा पुगेको छ।

कात्तिकमै हिउँ पर्न थालेपछि हिमाली भेगको जनजीवन प्रभावित बनेको छ। मानिसहरूको दैनिकी असहज बनेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख गेहेन्द्र बोगटीले बताए। पुस र माघमा मात्र हुम्लाको उपल्लो क्षेत्र छाड्ने लिमीका प्रहरी आइतबारै सदरमुकाम सिमकोट फर्केका छन्।

लिमीका प्रहरी सदरमुकाम फिरेपछि स्थानीयले असुरक्षित महसुस गरेका छन्। ‘चिसोमा डिउटी गर्न समस्या हुन्थ्यो, पुस र माघमा सदरमुकाम आउने गर्थे’ निमित्त प्रहरी प्रमुख बोगटीले भने, ‘यसपटक कात्तिकमै हिउँ परेपछि हाम्रो टोली आइतबारै सदरमुकाम आइपुग्यो।’ त्यहाँका स्थानीय व्यापारका लागि अन्यत्र जाने र प्रहरीलाई खानपिनमा समेत समस्या हुने भएपछि सदरमुकाम फर्कने गरेका बोगटी बताउँछन्।

चिसो बढेसँगै कर्णालीका सरकारी कार्यालयको सेवासमेत प्रभावित भएको छ। एक्कासि चिसो बढेपछि कार्यालयमै आगो तापेर सेवा दिइएको हुम्ला अदालतका कर्मचारी राज शाहीले जानकारी दिए। चिसोका कारण कामकाजमा समस्या आएको उनले बताए। कात्तिकैमै हिउँ पर्न थालेपछि स्थानीय भने दंग परेका छन्। हिउँसँगैको वर्षाले बाली लगाउन सहज हुने भन्दै किसान खुसी भएका छन्। तर उच्च हिमाली क्षेत्रका किसान भने हिउँवर्षाका कारण चिसो बढेकाले खेत जोत्न अप्ठ्यारो हुने भन्दै चिन्तित छन्।

बर्खेबाली भित्र्याई नसक्दै हिमपात भएपछि घरको छतमा राखिएको अन्न कुहिने भन्दै किसान चिन्तामा पर्न थालेका छन्। सिजनअगावै हिउँ परेपछि फलफूल र बालीमा समेत असर पर्ने देखिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.