राराले बढायो पर्यटक तर पानीदेखि होटलसम्मको अभाव

राराले बढायो पर्यटक तर पानीदेखि होटलसम्मको अभाव

कालिकोट : कर्णाली राजमार्गमा सवारी साधनको चाप ह्वात्तै वृद्धि भएको छ। नेपालकै चर्चित पर्यटकीय क्षेत्र मुगुमा रहेको रारा तालका कारण कर्णाली राजमार्गमा गुड्ने गाडीको चाप वृद्धि भएको हो।

जिल्ला ट्राफिक कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्गमा दैनिक ४५ देखि ५० वटासम्म गाडी कार्यालयमा इन्ट्री हुन्थे। तर हिजोआज राराको सिजन सुरु भएपछि संख्या ह्वात्तै बढेर १२० सम्म पुगेको छ। मुगुमा रहेको रारा ताल अवलोकनका लागि यो समय उपयुक्त मानिन्छ।

वर्षमा दुई वटा सिजनहरू चैत-बैशाख र असोज-कात्तिक महिना रारा अवलोकनका लागि उपयुक्त समय हो। त्यसै सिजन सुरु भएपछि कर्णाली राजमार्गमा गुड्ने गाडीको संख्या वृद्धि भएको हो।

जिल्ला ट्राफिक कार्यालय कालिकोटका निमित्त प्रमुख सुजन पन्तले सडकमा गाडीको संख्या दोब्बर बढेको बताए। 'अन्य महिनामा प्रतिदिन चार पाङ्ग्रेदेखि १० पाङग्रेसम्मका ४५/५० गाडी इन्ट्री हुन्थे तर गत असोजयता प्रतिदिन १०० देखि १२० वटासम्म गाडी इन्ट्री भएका छन्', उनले भने। कर्णाली राजमार्गमा मोटरसाइकलको पनि संख्या बढेको उनले बताए। दैनिक ८०∕९० वटा नयाँ मोटरसाइकल राजमार्गमा गुड्न थालेको उनको भनाई छ।

कालिकोटका होटल भरीभराउ

रारा ताल अवलोकन गर्न आउने आन्तरिक तथा वाह्य पर्यटक सुर्खेतदेखिको पहिलो बास कालिकोट जिल्लाको सदरमुकाम मान्म हो। रारा घुम्न जाने पर्यटकका कारण असोज महिनादेखि कालिकोटका होटल भरिभराउ छन्। कति पर्यटक कोठा नपाएर होटलको हलमा समेत बास बस्ने गरेका छन्। कालिकोट जिल्लामा करिब आधा दर्जन व्यवस्थित संचालन भएका होटल छन्।

मदन होटेलका संचालक धनबहादुर बटालाले होटलमा आउने ग्राहकको संख्या बढेर व्यापार वृद्धि भए पनि बास व्यवस्थापनमा चुनौती रहेको बताए। 'राराका कारण कालिकोटका होटल व्यवसाय फस्टाउन थालेका छन्। दैनिक २० देखि ५० जनासम्म बास बस्न आउँछन्', उनले भने।

जिल्ला सदरमुकाम मान्म बजारमा खानेपानीको पनि समस्या छ। अधिकांश ग्राहक सेवाबाट सन्तुष्ट रहेपनि पर्याप्त पानी नहुँदा उनीहरूको गुनासो सुन्नु परिरहेको होटल संचालकहरूको भनाई छ। जिल्लामा रहेको एकमात्र खानेपानी आयोजनाबाट दिनमा दुई घण्टा मात्र पानी आउने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.