राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे गाई पूजा
भरतपुर : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चितवनको एक हिन्दु धार्मिक अनुष्ठानमा आएर गाई पूजा गरेका छन् ।
तिहारको अवसरमा तिमिल्सिनाले भरतपुरको वागेश्वरीमा रहेको योगी नरहरीनाथल गौ संरक्षण केन्द्रमा सामुहिक गौ पुजन गरेका हुन् । केन्द्रमा संरक्षण राखिएका एक सय पचास गाईलाई पूजा गर्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले यो संस्कार कायम राख्नुपर्ने पनि बताए ।
पूजापछि दिएको मन्तव्यको क्रममा उनले सबै धर्मलाई मिलाएर लाना सक्ने क्षमता नेपालीको पहचिान भएको बताए । नेपाल धार्मिक सहिष्णुताको नमुना देश भएको भन्दै सबै धर्मलाई मिलाएर लैजान सक्नु नेपालीको महानता भएको बताएका थिए । विश्वमा धर्मको नाममा हिंसा भइरहेको प्रसंग जोड्दै नेपालमा धर्मको सम्मान गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस !
३