भाइटीका लगाएर प्रफुल्ल पर्यटक, नाचे छमछमी (फोटो फिचर)

भाइटीका लगाएर प्रफुल्ल पर्यटक, नाचे छमछमी (फोटो फिचर)

पोखरा : पोखरा भ्रमणमा रहेका पर्यटकले तिहारको भाइ टीका लगाएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराले शुक्रवार आयोजना गरेको १२ औं भाइटीका महोत्सवमा १४ देशका ६० पर्यटकले टीका लगाएर र देउसी भैलो समेत खेले 

भाइटीका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्ष पर्यटकहरु तिहार माउनकै लागि दोहोर्याएर पोखरा आउन थालेका छन् । संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पोखराको लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा आयोजना गरिएको भाइटीका महोत्सवमा अमेरिका, जर्मनी, चीन, बंगलादेश, फ्रान्स, अष्ट्रेलिया, मलेशिया लगायत देशका पर्यटक सहभागी भएका होटल संघका महासचिव गणेश पहारीले बताए ।  

महोत्सवमा भाग लिएर नेपाली परम्परा अनुसार तिहारमा टीका लगाउन पाउँदा आफूले निकै नौलो अनुभव गरेको महोत्सवमा सहभागीले बताएका छन् । चौथो पटक भाइटीका महोत्सवमा सहभागी होल्याण्डकी हिल्ट वान म्याकनले तिहारमा लगाइने सप्तरंगी टीका र नाचगानले निकै आर्षित गरेको बताइन् । 

११ वर्ष पहिले पहिलो पटक आएकी उनको यो नेपाल यात्रा २२ औं पटक हो । यहाँको प्रकृति, संस्कृतिका कारण नेपाल आफ्नो दोस्रो घरमा रुपमा मानेर यहाँ आइरने गरेको उनले बताइन् ।  

इजरायलका गल निरका दुई दाजुभाइ र दुई छोराले पनि तिहारमा सप्तरंगी टीका रेन्बो चिल्ड्रन होमका बालिकाहरुसँग लगाएर मनाए । पहिलो पटक आफ्नो छोराहरुले पनि नेपाली संस्कति प्रत्यक्ष्य अनुभव गर्न पाएकोमा निकै खुशस् लागेको उनले सुनाए । तिहारमा गाई, कुकुर, कागलाई समेत पुजिने चलन निकै राम्रो पक्ष रहेको पनि उनले सुनाए । 

रेन्बो चिल्ड्रन होमका वालिकाहरुले पर्यटकलाई नेपाली परम्परा अनुसार टीका लगाएर उपहार दिएका थिए । पर्यटकले पनि बालिकाहरुलाई दक्षिणा दिएका थिए । महोत्सवमा आयोजना गरिएको देउसी भैलो र सांस्कृतिक कार्यक्रममा पर्यटकले भरपूर मनोरञ्जन पनि लिए । सेलरोटी र अन्य परिकारको स्वादमा पनि उनीहरु उत्तिकै रमाए । 

तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय महोत्सवले लिएको आयोजक संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । भाइटीका महोत्सव मनाउनकालागि मात्र पनि पछिल्लो समयमा पर्यटक दोहोर्याएर आउन थालेको अध्यक्ष तुलाचनले सुनाए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.