भाइटीका लगाउन हिँडेकी महिलाले बसबाट खसेर ज्यान गुमाइन्

भाइटीका लगाउन हिँडेकी महिलाले बसबाट खसेर ज्यान गुमाइन्

जाजरकोट : भाइटीका लगाउन हिँडेकी एक महिलाको बसको ढोकाबाट खसेर ज्यान गएको छ । भाइटीका लगाउन माइती हिँडेकी  रुकुम आठबीसकोटकी २५ वर्षीया तारा जैसीको जाजरकोटस्थित भेरी नगरपालिका–१ रिम्नामा बसको ढोकाबाट खसेर शनिवार विहान ज्यान गएको हो । उनको माइती रुकुमको चौरजहारी नगरपालिका–१२ मा रहेको छ । 

रुकुम पश्चिमको राडीबाट नेपालगञ्ज जाँदै गरेको भेरीगंगा यातायात व्यावसायी समितिको ना ४ ख ९३१७ नम्बरको बसको ढोकाबाट खसेर उनको ज्यान गएको प्रहरीले जनाएको छ । 

ढोकाबाट खसेकी उनलाई त्यही बसले किचेर मारेको आफन्तले आरोप लगाएका छन् । आफन्तले शवसमेत बुझ्न मानेका छैनन् । मृतकको शव पोष्र्टमार्टमका लागि जाजरकोट अस्पताल ल्याइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.