जाजरकोट दरबार पनि पर्यटकीय गन्तव्यमा

जाजरकोट दरबार पनि पर्यटकीय गन्तव्यमा

जाजरकोट : सरकारले हालै सार्वजनिक गरेको देशभरका एक सय पर्यटकीय गन्तव्यमा जाजरकोट दरबारलाई पनि सूचीकृत गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राकृतिक सौन्दर्य, धार्मिक, ऐतिहासिक तथा पुरात्तात्विक महत्वका आधारमा देशभरबाट सय पर्यटकीय गन्तव्य छानेको हो ।

पहिलोपल्ट जाजरकोटबाट ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको साढे दुई सय वर्ष पुरानो जाजरकोट दरबारलाई पर्यटकीय गन्तव्यमा राखिएको हो । बाइसे–चौबीसे राज्यको अस्तित्व तथा इतिहास बोकेको जाजरकोट दरबारलाई सरकारले पर्यटकीय गन्तव्यमा समावेश गरेसँगै यहाँ पर्यटक पनि बढ्ने अपेक्षा गरिएको छ ।

साथै यस क्षेत्रको मर्मत संभार र संरक्षण हुनेमा पनि जिल्लावासी आशावादी छन् । इतिहासका जानकार राजुराजा सिंहका अनुसार जाजरकोट राज्यको राजधानी सुरुमा जगतिपुरमा थियो । जाजरकोट राज्य संस्थापक जगती सिंहका नाती तत्कालिन राजा देव सिंहको घोडाले हालको जिल्ला सदरमुकाम खलंगाको टाकुरामा मन पराएको र बाइसे–चौविसे राज्यको लडाईँ चलिरहेका बेला सुरक्षा दृष्किोणले पनि उपयुक्त भएपछि १६ औं शताब्दीमा जगतिपुरबाट खलंगामा राजधानी सारिएको थियो ।

सुरुमा सामान्य दरबार भए पनि १८ औं शताब्दीको ३० को दशकमा तत्कालीन राजा गजेन्द्रनारायणले साततले दरबारको निर्माण गरेका हुन् । भक्तपुरबाट ल्याएका चर्चित कालिगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीबाट इँटा बोकाएर दरबारको निर्माण भएको सिंहले बताए ।

वि.सं. १९९० सालको भूकम्पका कारण दरबार भत्किएपछि पुणर्निर्माण गरी चार तला मात्र बनाइएको हो । हाल उक्त दरबार चारतले छ । दरबारको भव्य महलबीच रानीहरूले नुहाउने तलाउ र दुई सिंहले खुट्टा उचालेर आक्रोश व्यक्त गरेको चित्रण देखिने कलात्मक प्रवेशद्वार भने अहिले नामेट छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.