सुदूरपश्चिममा आइतबार दुई पटक भूकम्पको धक्का
बैतडी : भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु भएर आइतबार गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा महसुस गरिएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थ दाहालका अनुसार दिउँसो १२ बजेर ५२ मिनेटमा ५ दशमलव १ म्याग्निच्यूड र १२ बजेर ५९ मिनेटमा ४ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको खेला भन्ने स्थानमा रहेको दाहालले जानकरी दिए। दुई पटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय त्रसिद बनेक छन्।
भूकम्प धक्का महसुस गरिएको भएपनि क्षति विवरण भने अहिलेसम्म प्राप्त भएको छैन।
प्रतिक्रिया दिनुहोस !
३