पाल्पामा ७ जुवाडे पक्राउ
पाल्पा : ईलाका प्रहरी कार्यालय रामपुरले नगदसहित ७ जनालाई पक्राउ गरेको छ। रामपुर नगरपालिका वडा नं ६ स्थित पदमबहादुर मल्लको घरमा जुवा खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले नगद १ लाख २५ हजार ४ सय ३५ रुपैया र ३ थान ताससहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा घरबेटी रामपुर नगरपालिका वडा नं ६ का पदम बहादुर मल्ल, ४० वर्षका नेत्रप्रसाद भट्टराई, ४१ वर्षका खेमराज भण्डारी, ४७ वर्षका देव सेन, ५८ वर्षका दुर्गा बहादुर घर्ति, ५६ वर्षका हेमराज थापा र ५८ वर्षका भेषबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनीहरुको बयानको आधारमा कानुनी कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ।