आज छठपर्वको दोस्रो दिन, खरना मनाइँदै

आज छठपर्वको दोस्रो दिन, खरना मनाइँदै

सिरहा : खासगरी तराई मधेशमा मनाईने छठ पर्वको आज दोस्रो दिन 'खरना' मनाइँदै छ। आज दिनभर ब्रतालुले निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन्।

छठपर्वको मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी)को विधिमा अरबा-अरबाइन गरिन्छ, जसलाई नहाय-खाय पनि भन्ने गरिएको छ।

दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ। यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ।

पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ। गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभरि निर्जला व्रत बस्छन्। यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ।

छठ वैदिक कालदेखि नै मनाइँदै आएको जनविश्वास छ। पाण्डवले बनवास कालमा एक वर्ष गुप्तवासको सफलताका लागि सूर्यको आराधना गरेका थिए। सूर्य पुराणका अनुसार कार्तिक शुक्ल षष्ठीमा सर्वप्रथम अत्रि ऋषिकी पत्नी अनसूया यो व्रत बसेकी थिइन्। यसै समयदेखि घठको सुरुवात भएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.