सरकारले बालअधिकार कार्यान्वयन नगरेको गुनासो
कालिकोट : कालिकोट जिल्लामा छैटौैँ जिल्ला बाल भेला सोमबार सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय तथा जिल्लाका ९ वटै स्थानीय तहको समन्वयमा जिल्ला बाल संजालले बाल भेला आयोजना गरेको हो ।
भेलाको उद्घाटन कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सरकारले बालबालिका सम्बन्धि बनाएका नीति नियमहरुको प्रभावकारी रुपमा कार्यन्वयन नभएको टिप्पणी गरे ।
कार्यक्रममा किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डे, सेभ द चिल्डेनका बाले बिक, इन्सेक प्रतिनिधि कालीबहादुर मल्ल लगायत वक्ताहरुले सरकारले बनाएका नीति तथा प्रतिबद्धता कार्यन्वयन नहुँदा बालबालिकाहरु अधिकारबाट बञ्चित भएको बताएका थिए ।
प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले महिला तथा बालबालिका कार्यालय खारेज भइसकेपछि जिल्ला बाल संरक्षण समिति पनि निस्कृय रहेको बताएका थिए ।भेलाको उद्घाटन समारोहमा कालिकोटबाट प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, प्रदेशसभा सदस्य कुर्मराज शाही, प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की लगायत कानुन व्यवसायी समेत सहभागी थिए ।
दुईदिने भेलामा जिल्लाभरीका ७५ जना बालबालिका सहभागी छन् । साथै जिल्लाका तीन वटा नगरपालिकाबाट १०∕१० जना र ६ वटा गाँउपालिकाबाट ५∕५ जना र जिल्ला बाल संजालका पदाधिकारी सहित बालबालिकाहरु सहभागी छन् । सोमबार सुरु बाल भेला बालबालिका सम्बन्धि अवधारणा सार्वजनिक गर्दै मंगलबार सम्पन्न हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !