सरकारी कार्यालयमै मदिरासहितको भोज

सरकारी कार्यालयमै मदिरासहितको भोज

कालिकोट : कालिकोटमा एउटा सरकारी कार्र्यालयको हाताभित्र कार्यालयको पोसाक लगाएरै कर्मचारीले रक्सीसहितको भोज गरेका छन्। सदरमुकाम मान्मस्थित नेपाल दूरसञ्चार संस्थानको कार्यालय परिसरमा कार्यालय प्रमुखसहित दिउँसै यस्तो भोज भएको हो।

नेपाल दूरसञ्चार संस्थानको कालिकोट प्रमुख प्रेमबहादुर बिष्ट र कर्मचारी पुथीबहादुर शाहीले कार्यालय परिसरमा तिहारका अवसरमा रक्सीमय भोज गरेका हुन्। नेपाल दूरसञ्चार कार्यालय कालिकोटमा कार्यरत अधिकांश कर्मचारी सधैं कार्यालय समयमा समेत मदिरासेवन गरेर आउने गरेको गुनासो सर्वसाधारण गर्छन्।

 ‘कार्यालयको पोसाक लगाएका उनीसहितका कर्मचारी गफिँदै भोजमा मस्त थिए’, एक स्थानीयले भने, ‘यसरी रक्सीा मात्तिनेले जनतालाई कसरी सेवा दिन्छन् ? ’ त्यहाँ २ बोतल बियर र २ क्वार्टर ब्लू डाइमन्ड रक्सीसहित मासु र फुरनदानालगायत खानेकुरा राखी कार्यालय प्रमुख र कर्मचारीले मस्तसँग मदिरा खाएको उनले बताए।

कार्यालय प्रमुख बिष्टले आफूहरूले यही कात्तिक २२ गते मदिरा खाएको स्वीकार गरे। उनले तिहार बिदा भएका बेला मदिरा खाएको बताए। उनले भने, ‘बिदाको दिन दिउँसो बाहिर बसेका थियौं।

मेरो र एक जना कर्मचारीको टीका नभएकाले कर्मचारीले बियर खाउँ भनेपछि कार्यालय परिसरमा खायौं।’ कार्यालयका जेनेरेटर र सोलार सिस्टम बिग्रिएकाले विद्युत् अवरुद्ध हुँदा टेलिफोन पनि नचल्ने सर्वसाधारणको गुनासो छ। एक स्थानीयले भने, ‘टेलिफोन नचल्दा खबर गरेको दुई÷तीन दिनसम्म चासो देखाउँदैनन्। कर्मचारी धेरैजसो कार्यालय समयमा समेत मदिरासेवन गरेर बसेको भेटिन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.