जीपको ठक्‍करबाट महिला घाइते

जीपको ठक्‍करबाट महिला घाइते

कालिकोट : कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका-१० चौखोलामा जीपको ठक्‍करबाट एकजना महिला घाइते भएकी छन्। कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत जुम्ला सडकखण्डमा पर्ने चौखालामा जीपको ठक्‍करबाट खाँडाचक्र नगरपालिका-१० बस्ने ५१ वर्षीया मोती शाही घाइते भएको जिल्ला ट्राफिक कार्यालय कालिकोटका प्रहरी हवलदार सुजन पन्तले जानकारी दिए।

उनका अनुसार जुम्लादेखि नेपालगञ्ज जाँदै गरेको बुलबुले यातायात समितिको भे १ ज ९७६ नम्बरको जीपले ठक्‍कर दिएको हो। जीवको ठक्‍करबाट घाइते शाहीको दाहिने खुट्टा भाँचिएकाले जिल्लामा उपचार नभएपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

उनलाई सडकको छेउमा भाँडा माच्दै गरेको अवस्थामा जीपले ठक्‍कर दिएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.