यसरी विर्सजन गरियो फेवाताल किनारमा छठ (तस्बिरसहित)
पोखरा : पोखराको फेवाताल किनारमा छठ पर्व मनाइएको छ। केदारेश्वर मन्दिर नजिकै फेवाताल किनारमा मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका बर्तालुले बुधबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाएका हुन्।
पोखरामा पछिल्लो पाँच वर्षदेखि छठ पर्व मनाउनेको संख्य बढेको छ। तराई र भारतको विभिन्न क्षेत्रबाट पोखरा कर्मथलो बनाएकाहरु छठ पर्व मनाउन थालेपछि पोखरेलीको पनि बिस्तारै छठ पर्वतर्फ आकर्षण बढेको छ।
फेवातालको किनारमा अभिएर छठको प्रसादका रुपमा ठकुवा, भुटुवा, केरालगायतका परिकार हातमा लिइ ब्रतालुले उदाउँदो सूर्यलारई अर्घ दिएका थिए। छठ पर्वको अन्तिम दिन आफन्त, इष्टमित्रलाई बोलाएर खानपिन गराउने प्रचलन पनि रहेको छ ।




प्रतिक्रिया दिनुहोस !