आदिवासी जनजाति महासंघ बेल्जियम शाखामा बाबुराजाकाे नेतृत्व
बेल्जियम : नेपाल आदिवासी जनजाति महासंघ बेल्जियम शाखाकाे अध्यक्षमा बाबुराजा लामा तामाङ निर्वाचित भएका छन् ।
महासंघको अध्यक्षमा तामाङ चक्रीय प्रणालीबाट चुनिएका हुन् । महासंघका केन्द्रीय अध्यक्ष जगत बहादुर बरामको विशेष उपस्थितिमा लुभेन बेल्जियममा सम्पन दोश्रो अधिवेशनबाट उनी निर्विरोध चयन भएका हुन् ।
अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा मुना राई, उपाध्यक्ष, यमुना रोका मगर , होम बहादुर गुरुङ, डिल्ली सुब्बा र सुर्य नारायण श्रेष्ठ चयन भएका छन् भने महासचिवमा नन्दराज घले, सचिवमा कान्छा शेर्पा छ्न् ।
केही सचिव र कोषाध्यक्ष भने पछि चयन गर्ने भनी थाती राखिएको छ । महासंघमा आवद्ध मात्री सँस्थाहरुबाट पदेन सदस्यहरू आंग दोर्जी सोनाम शेर्पा, भिम जोशी, सोमनाथ थारु थनेत, लोक राना मगर, रामा लामा तामाङ, बिमल सुब्बा, जीवन तमु, विष्णुतारा शेरचन रहेका छन् ।
अन्य सदस्यमा दिलु पुन, मिङ्ग्मा लामा शेर्पा, राजु थापा मगर, निमा रुम्बा तामाङ्ग, इन्दिरा चाम्लिङ, चित्रजंग गुरुङ, रामशरण महतो, इन्द्र प्रसाद लिम्बु, कविन्द्र र प्रेमा शेर्पा (मनु) छन् ।
प्रतिक्रिया दिनुहोस !