करोडौंका योजना अलपत्र : सात वर्षसम्म जग पुरिएन

करोडौंका योजना अलपत्र : सात वर्षसम्म जग पुरिएन

ओखलढुंगा : जिल्लामा निर्माणाधिन विकासका ठूला आयोजना जनप्रतिनिधिको बेवास्ता र निर्माण कम्पनीको लापरवाहीका कारण वर्षौँदेखि अलपत्र छन् ।

विद्यालय भवन, मोटरेवल पक्की पुल र सरकारी कार्यालयका भवन वर्षौदेखि निर्माण कार्य नै रोकिएका छन् । काम सुरु भए पनि ती निर्माण कार्य बीचमै पुगेर ठप्प भएका छन् ।

ओखलढुंगाको लिखु  र रामेछापको लिखु तामाकोशी जोड्ने पक्की पुल ०६८ सालमा ५ करोड ८६ लाखमा ठेक्का लागे पनि पिल्लर मात्रै ठडिएका छन् । ०७० सालमा सम्पन्न गर्नुपर्ने भए पनि उक्त पुल अझै अलपत्र छ । त्यसयता तीन निर्वाचन सम्पन्न भए ।

०७० सालको निार्वचनमा त्यस क्षेत्रका सांसद रामहरि खतिवडा, ०७४ को स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका प्रमुखका उम्मेदवार र संसदीय निर्वाचनमा सांसदका उम्मेदवारहरुको एक वर्षमै पुल बनाउने घोषणा थियो । तर, अझै उक्त पुल निर्माण अन्योल छ ।

यस्तै जिल्लाको पूर्व–पश्चिम सडक घोराखोरी ओखलढुंगा सडकको बीचमा रहेको मोलुङ खोला मान्द्रे दोभानको पक्की पुल पनि ०७० सालमै ठेक्का लागे पनि अझै सुरु भएको छैन ।

सिडिओलै नै पूजा गरे
पहिलो वर्ष डिजाइन नमिलेको भनेर परिर्वतन गरिए पनि पिलर हाल्ने जग खनेर त्यसै छोडियो । जग खन्दा लगातार एक्जाभेटर बिग्रिएपछि मशान लागेको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले पूजाआजा समेत गरेका थिए ।

यो पुल पनि निर्वाचन ताका मात्रै दलका नेताको चुनावी मुद्दा बनेको छ । त्यसयता आफ्नो क्षेत्रमा निर्माणाधिन संरचनाबारे स्थानीय तहका प्रमुखहरुले चासो नै देखाएका छैनन् ।

अाफैँ मेयर अाफैँ ठेकेदार !
मान्द्रे पुल निर्माण गर्ने कम्पनी राजेन्द्र लोकप्रिय जेभीका मालिक भीमबहादुर साउद जाजरकोटका मेयर छन् । उनी निर्माण स्थलमै नआएको वर्षौँ भयो । खटाएका सबकन्ट्र्याक्टर समेत जिल्लामा सम्पर्कमा छैनन् ।

राजनीतिक पहुँचका आधारमा साउदले ठेक्का लिएका आयोजना निर्माण ठप्प भए पनि स्थानीय सरकारले कारवाही गर्न नसक्दा स्थानीय समेत आक्रोशित छन् ।साउद नेपाली कांग्रेसका नेता समेत हुन् । पछिल्लो समय त उनले सब कन्ट्र्याक्टरलाई दोष लगाउँदै पन्छिन खोजेका छन् । निर्माण कार्य किन रोकियो भनी सोध्दा उनी ‘सबकन्ट्र्याक्टरको लापरवाहीले पुल नबनेको’ जिकिर गर्छन् ।

यसबाहेक भारतीय राजदूतावासको अनुदानमा चण्डेश्वरी मावि रगनी र हिमालय उच्च माध्यमिक विद्यालय निसंखेको विद्यालय भवन समेत अलपत्र छ । यहाँ पनि ठेकेदारकै लापरवाहीले काम अलपत्र भएको बताइएको छ । रगनीको भवन बने पनि अन्तिम किस्ता रोकिएको भन्दै केही काम नगरी छोडिएको छ भने निसंखेको विद्यालय भवनको ३० प्रतिशतभन्दा बढी काम अलपत्र छ ।

दुवै विद्यालय भवन ०६८ मा निर्माण सम्झौता गरिएको थियो । तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवन निर्माणको जिम्मा पाएका ठेकेदारका प्रतिनिधि बबी श्रेष्ठ नेकपाका नेताकै संरक्षणमा काम नगरी बसेका छन् ।

पाँच वर्षमा कार्यालयको जग मात्रै हालियो । काम नगर्ने ठेकेदार नै राजनीतिक नेता तथा जनप्रतिनिधिसँग निकट भएर हिँडिरहँदा स्थानीय थप आक्रोशित छन् ।

स्थानीय अगुवा रमेश श्रेष्ठ भन्छन्, ‘स्थानीय सरकार र नेताहरुले नै काम नगर्ने ठेकेदारलाई जोगाउँदै छ । ठूला योजना सम्पन्न नहुनुमा ठेकेदार सँगै स्थानीय सरकार पनि जिम्मेवार छ ।’ जिल्लाका मोलुङ तथा लिखु एकबार, दुधकोशी एकबार जस्ता सडक समेत एक वर्षदेखि बजेट अभावमा अलपत्र छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.