स्याङ्जामा टेम्पो संचालनमा रोक

स्याङ्जामा टेम्पो संचालनमा रोक

स्याङ्जा : पुतलीबजार नगरबासीलाई यातायातसेवामा राहत पुर्‍याउदै आएको टेम्पोलाई प्रहरीले संचालनमा रोक लगाएको छ। झण्डैं एक महिनादेखि पुतलीबजार नगरपालिकासहित स्याङ्जा सदरमुकाम वरपरका यात्रुलाई सहज बनाएको टेम्पोले सवारीचालक अनुमति पत्र र सवारी साधन नम्बर नलिएको भन्दै बिहीबारदेखि प्रहरीले संचालनमा रोक लगाएको हो। 

यहाँ संचालित ६ वटा टेम्पोलाई प्रहरीले कार्यालयमा राखेको चालकहरुको भनाई छ।  प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले भने ‘अनुमति पत्र र बिना नम्बरका सवारी साधन चलाएका कारण टेम्पो नियन्त्रणमा लिएका हौं। कानुनी तथा व्यवस्थितरुपमा संचालन गर्ने गरि सवारी साधन संचालनका लागि प्रक्रियामा जानेछौं र केहीदिनपछि पुन: संचालनमा आउनेछन्।’ 

सिद्धार्थ राजमार्गअन्‍तरगत पर्ने स्याङ्जामा साना दुरीका यात्राका लागि यस्ता टेम्पोले सहज बनाउदै आएको छ। नगर बस संचालनमा नआएको र ठूला सवारी साधनले साना दुरीका यात्रुलाई आफ्ना सवारी साधनमा चढाउन नमान्ने भएका कारण साना दुरीका यात्रुले हैरानी भोग्दै आएको पुतलीबजार नगरपालिका बाडखोला निवासी सीता रेग्मीले बताईन्। ‘कम रकममा सहज रुपमा यात्रा गर्न सकिने यस्ता खालका टेम्पो छिटो संचालनमा ल्याउनुपर्छ ’ रेग्मीले भनिन्। 


 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.