३१ दिन हिँडेर हाट जाने बाटोमा जीप कुद्न थालेपछि...

३१ दिन हिँडेर हाट जाने बाटोमा जीप कुद्न थालेपछि...

जाजरकोट : जाजरकोट जुनीचाँदे–११ का ६१ वर्षीय कृतिबहादुर शाही वर्षौँअघि नेपालगन्जबाट नुन बोकेर गाउँ पुगेका दिनहरुबारे नातीहरुलाई सुनाइरहन्छन् । उनले आफ्नो जीवनका १० वर्षभन्दा बढी उर्जाशील समय त नुन बोकेरै बिताए ।

‘नेपालगन्जबाट ठ्याक्कै ३१ दिन लाग्थ्यो गाउँ आइपुग्न, शाहीले बताए, ‘नेपालगन्जबाट हिँडेर गाउँ आउने यो बाटोमा यसरी मोटर गुड्ला भन्ने सोचेकै थिइएन ।’ जाजरकोटको जुनीचाँदे गाउँपालिका अति दुर्गम गाउँ मानिन्छ । जहाँ पुग्न जिल्ला सदरमुकामबाटै दुई दिन पैदल हिँड्नु पर्छ ।

यही गाउँमा हालै नेपालगन्जबाट सिधा सडक निर्माण भएपछि गाउँलेहरु खुसीले दंग छन् । शाही भन्छन्, ‘पहिले पहिले अन्नपात त गाँउघरमै हुन्थ्यो । तर नुन लिन चाहीँ नेपालगञ्ज जानैपर्ने बाध्यता थियो । ठाँउ ठाँउमा बास बस्दै जानुपथ्र्यो । गाँउका प्रत्येक घरबाट नुन लिन नेपालगञ्ज जानुपथ्र्यो । त्यसलाई हामी हाट जाने भन्थ्यौँ ।’

२०२८ सालअघि महिनादिन हिँडेरै हाट जाने यहाँका गाउँले त्यही बाटो भएर मोटरबाटो बनेपछि उत्साही भएका हुन् । सुर्खेत र जाजरकोट सदरमुकामबाट जुनीचाँदे पुग्ने सडक यसअघि नै बने पनि पाकाहरुले नुन बोकेर हिँड्ने नेपालगन्जको पुरानो बाटोमा सडक निर्माण भएको हो ।

स्थानीय कमला शाही भन्छिन्, ‘जहाँ जाँदा पनि थाप्लोमा भारी नबोकी सुखै थिएन । हामीले त निकै दुःख कष्ट काटियो । अव भावी पुस्ताले हाम्रो जस्तो दुःख काट्नु पर्दैन ।’

जुनीचाँदेका गाँउहरुमा अचेल नेपालगञ्ज, सुर्खेत र सदरमुकाम खलंगाबाट सीधा जीप, ट्याक्टर, मोटरसाइकल लगायत यातायात साधन आउन थालेका छन् । नाम्लो बोकेर सहर धाउनै पर्ने बाध्यता पनि अब टर्दै गएको छ । दैलेख, कालिकोट र जुम्लाको सिमानामा पर्ने यो गाँउपालिका सडक सञ्जालमा जोडिएपछि स्थानीयलाई अवागमनमा सहज भएको हो ।

छेडा–थलह–चाँदे–जुम्ला सडकअन्र्तगत बनेको नयाँ सडकले जुनीचाँदेको लुहादहसम्म सडक जोडेको छ । यो सडक कोर्ताङ हुँदै जुनी कम्युन बस्तीसम्म पुर्याइने गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले बताए ।

यसका लागि गत वर्ष गाउँपालिकाले नै ५० लाख रकम छुट्याएको थियो । यस वर्ष भने एक करोड रुपैयाँ विनियोजन गरेको अध्यक्षले बताए । आगामी दुई वर्षभित्र यही सडकलाई जुम्लासम्मै जोडिने गरी काम भइरहेको बताइएको छ ।

साथै जुनीचाँदेका सबै वडालाई सडक सञ्जालले जोड्ने योजना गाउँपालिकाले बनाएको अध्यक्ष बताउँछन् । यसका लागि गाँउपालिकाले थप स्रोत जुटाइदिन केन्द्र सरकारलाई समेत आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.