र्‍याफ्टिङ गर्दा डुबेर ज्यान गुमाएका अस्ट्रेलियन नागरिकको शव काठमाडौं लगियो

र्‍याफ्टिङ गर्दा डुबेर ज्यान गुमाएका अस्ट्रेलियन नागरिकको शव काठमाडौं लगियो

कालिकोट : कर्णाली नदीमा र्‍याफ्टिङ  गर्दा डुबेर ज्यान गुमाएका अस्ट्रेलियन नागरिकको शव हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। कालिकोट जिल्लाको शान्नित्रिवेणी गाउँपालिका- २ नजिकै बिहीबार कर्णाली नदीमा र्‍याप्टिङ गर्दा डुबेर ज्यान गुमाएका ३१ वर्षीय अस्ट्रेलिएन नागरिक एड्रिनको शव हेलिकोप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी बिनोद शर्माले जानकारी दिए। 

मुगुको रारा ताल अवलोकन गरी कर्णाली नदीमा र्‍याफ्टिङ  गर्दै सुर्खेततिर आउँदै गरेका उनी जिल्लाको शान्नित्रिवेणी गाउँपालिका- २ आम्तडामा कर्णाली नदीमा दुर्घटनामा परेका थिए।   सिङगल बोट ढुङगामा ठोक्‍किएर दुर्घटना हुँदा नदीमा डुबेर उनको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी शर्माले मृतकको शव जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक मनीराम भट्ट, उनका दुईजना साथीसहित सिम्रीक एयरको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको बताए।

उनका अनुसार मुगुबाट आएको पाँचजनाको टोलीका बाँकी ३ जना पर्यटकलाई गाडीमा उनीहरुको बोटसहित पठाइएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी शर्माले भने, आम्तडामा कर्णाली नदी निकै उर्लदो छ। ठूलठूला ढुङगा छन्।

मृतकको शव बिहीबार राति जिल्ला सदरमुकाम मान्म ल्याएको थियो। गत वर्ष पनि कर्णाली नदीमा र्‍र्‍याफ्टिङ  गर्दा ढुंगामै ठोकिएर फ्रान्सेली नागरिकको ज्यान गएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.