रोङ गाउँपालिकाको योजना, देशैभर मौरी वितरण गर्ने

रोङ गाउँपालिकाको योजना, देशैभर मौरी वितरण गर्ने

इलाम : स्थानीय तहमा मौरी संरक्षण र प्रवद्र्धन सुरु गरेको रोङ गाउँपालिकाले पाँच वर्षमा पाँच सय किसानलाई व्यावसायिक मौरीपालक बनाउने योजना अघि सारेको छ। देशभर मौरी र मह आपूर्ति गर्ने योजनासहित गाउँपालिकाले काम सुरु गरेको हो। विषादी प्रयोग घटाएर अर्गानिक गाउँपालिका बनाउने र मौरी स्रोत केन्द्र स्थापनासहित किसानलाई तालिम र मौरीका घार वितरण सुरु गरेको थियो।

अध्यक्ष मौरी लघु उद्यम कार्यक्रममार्फत यस वर्ष ६० जनाले तालिम पाउने कार्यक्रम संयोजक कुमार मोक्तानले जानकारी दिए। ३० जना किसानलाई मौरीका घर र आवश्यक सामग्री सहयोग गर्ने कार्यक्रम रहेको मोक्तानले बताए। पाँचवटासम्म घार भएका किसानलाई सुरुमा ५० प्रतिशत र अनुगमनका क्रममा प्रगति देखिएमा ७५ देखि १०० प्रतिशतसम्म अनुदान दिने योजना अघि बढेको मोक्तानको भनाइ छ।

कार्यक्रम सुरु भएसँगै गाउँपालिका कृषकले मौरीपालनमा निकै चासो दिएका छन्। मौरी नपालेका किसानले घार झुन्ड्याउन थालेको मोक्तानले बताए। गत वर्ष स्थापित मौरी स्रोत केन्द्रले मह संकलन र बजारीकरणको काम गरिरहेको गाउँपालिका अध्यक्ष शम्शेर राईले बताए। अध्यक्ष राईका अनुसार शुद्ध महको माग बढिरहेको छ। कार्यक्रमअन्तर्गत शुद्ध मह उत्पादन, मौरीको स्याहार र महको उत्पादन बढाउने विषयमा किसानलाई प्राविधिक सहयोग गर्ने गरेको छ।

गाउँपालिका मौरीपालनका लागि उपयुक्त क्षेत्र रहेको मोक्तानले बताए। अध्यक्ष राईका अनुसार यस वर्ष तालिम र सामग्री वितरण गर्न २० लाख रुपैयाँ बजेट विनियोजन गरेको राईले बताए। स्रोत केन्द्र स्थापना भएपछि इलाम आउने पर्यटकका लागि नयाँ गन्तव्य थपिने उनले बताए। मोक्तानका अनुसार मौरी संरक्षण र प्रवद्र्धनका लागि स्थानीय तहले गरेको प्रयास यो नै पहिलो हो। नेपाल सरकारले पनि स्रोत केन्द्रको संरक्षण गर्न चासो देखाएको उनले बताए।

पछिल्लो समय इलामका कृषक मौरीपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। घरमै आधुनिक घारमा मौरी पालेर राम्रो आम्दानी हुन थालेपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन्। इलामको रोङ, इलाम, माइजोगमाई, सूर्योदयमा मौरीपालन हुने गरेको छ। सरकारी तथ्यांकअनुसार इलामका एक हजार ६ सय कृषकले मौरीपालन गरेका छन्। अहिले इलाममा वार्षिक २२ मेट्रिक टन मह उत्पादन हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.