अस्ट्रेलियाका तीन सहरमा नेपाल फेस्टिभल

अस्ट्रेलियाका तीन सहरमा नेपाल फेस्टिभल

सिड्नी : अस्ट्रेलियाका तीन ठूला सहरमा नेपाल फेस्टिभलको रौनक छ। एनआरएन अस्ट्रेलियाको आयोजनामा हरेक दुई वर्षमा मनाइँदै आएको फेस्टिभल नोभेम्बर १६ मा ब्रिसबेनमा मनाइएको छ। यस वर्ष सिड्नी र मेलबर्नमा पनि फेस्टिभल मनाइने भएको छ। नोभेम्बर २४ मा सिड्नी र डिसेम्बर १५ मा मेलबर्नमा फेस्टिभल सञ्चालन हुने एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक नन्द गुरुङले जानकारी दिए। उनका अनुसार फेस्टिभलले नेपाली कलासंस्कृतिको बजारीकरणमा टेवा पुग्नेछ। ‘सबै ठाउँमा नेपाली राजदूतावास र एनआरएनए मातहतका संयन्त्र तयारीमा जुटेका छन्।’

सन् २००६ देखि सञ्चालन हुँदै आएको फेस्टिभलसम्बन्धी जानकारी दिन आयोजकले स्थानीय सञ्चारमाध्यमदेखि सर्वसाधारणको हात हातमा पर्चा पम्प्लेट पुर्‍याउन थालेको छ। कार्यक्रमका प्रचारप्रसार संयोजक प्रतिज्ञा अधिकारीले सिड्नीको डार्लिङ हार्बरमा आयोजना हुने कार्यक्रम विशेष बनाउन लागिएको जानकारी दिइन्। ‘यहाँका मूलधारका सञ्चारमाध्यमलाई कार्यक्रममा निम्ता दिनेछौं। रेल स्टेसनमार्फत कार्यक्रम र नेपालबारे प्रचार गरिरहेका छौं’, उनले भनिन्, ‘हिमाल, पहाड र तराईका कलासंस्कृति झल्किने प्रस्तुति नै यसका मुख्य आकर्षण हुनेछन्।’

कार्यक्रम हुने सबै स्थानमा कम्तीमा २० भन्दा बढी नेपाली झन्डा फहराइनेछ। उनले थपिन्, ‘फेस्टिभलका लागि नेपाली परिकार, नेपालसम्बन्धी जानकारी, नेपाली गीतसंगीत र नृत्यहरू सबै तयारी भइसकेको अवस्था छ।’ त्यसमा विभिन्न ३६ वटा स्टल हुनेछन्। सांगीतिक प्रस्तुतिका लागि नेपालबाट गायक राजेशपायल राई, पशुपति शर्मा, शिव हमाल र गायिका तृष्णा गुरुङ सहभागी हुँदैछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.