एकै रात जुम्लाका दुई स्थानीय तहमा आक्रमण

एकै रात जुम्लाका दुई स्थानीय तहमा आक्रमण

जुम्ला : यहाँका दुईवटा स्थानीय तहमा गयराति आक्रमण भएको छ । अज्ञात समूहले जिल्लाको चन्दननाथ नगरपालिका र गुठिचौर गाँउपालिकामा शनिबार राति आक्रमण भएको हो । 

आक्रमणबाट नगरपालिकाको गाडी जलेको छ । त्यसैगरि गाउँपालिका महत्वपूर्ण कागजपत्र पनि जलाइएका छन् । आक्रमण किन र कसले गर्‍यो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 
चन्दननाथ नगरपालिकाको प्राङ्गणमा रोकिएको क १ झ १ नम्बरको गाडी आगजनीबाट पुरै जलेको छ । राति सवा एक बजे नगरपालिकाका पाले बिष्णुप्रसाद न्यौपानेले गाडीमा आगो लागेको थाहा पाएपछि सबैलाई जानकारी गराएका थिए । 

उनले आफू सुतिरहेको अवस्थामा ढोकामा अज्ञात व्यक्तिले ढोकामा हानेपछि खोलेर हेर्दा गाडी जलिरहेको बताए । त्यसपछि स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

जलेको गाडी ४० लाख रुपैयाँको रहेको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले बताए । यतिखेर नगरपालिकाका मेयर भारतमा र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएका छन् । 
यस्तै जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्युटरसहितका विद्युतीय सामग्रीहरु नष्ट गरिएका छन् । 

कार्यालयभित्रको लाखौँका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले जानकारी दिए । ‘गाउँपालिका कार्यालयमै आगजनी गर्ने प्रयास गरिएको देखिन्छ, तर कागजहरु मात्र जलेछन्’ उनले भने । 

गाउँपालिकामा जडान गरिएको सीसी क्यामरा पनि चुँडेर फालिएको छ । जुम्लाका प्रहरी नायव उपरीक्षक सीताराम रिजाल घटनास्थलको वास्तविकता बुझ्न त्यहाँ पुगेका छन् । घटनाको विवरण संकलन गरि अनुसन्धान थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.