भेरी नगरपालिकाको सम्पूर्ण सेवा मोबाइल एपमा

भेरी नगरपालिकाको सम्पूर्ण सेवा मोबाइल एपमा

जाजरकोट : जाजरकोटको भेरी नगरपालिकाले मोबाइल एप संचालनमा ल्याएको छ। नगरका सबै गतिविधि मोबाइल एप्लिकेसनमा राखिने छ। दैनिक गरिने काम, कारबाही र जानकारी लिनसमेत सहज हुने भएको भन्दै नगरपालिकाले प्रविधि प्रयोगलाई जोड दिएको जनाएको छ।

नगरपालिकाले चालू आर्थिक वर्षमा नगरपालिकाका काम, कारबाही र गतिविधिलाई प्रविधिमैत्री बनाउने प्रयास सुरु गरेको नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए। नरपालिकाले इन्टरनेट र प्रविधि प्रयोग गरी सर्वसाधरणलाई दिने सेवा प्रभावकारी बनाउन लागेको नगर प्रमुख घर्तीले बताए ।

'सूचनाको क्षेत्रमा भइरहेको परिवर्तनले प्रविधि प्रयोग गर्न अनिवार्य सिक्नुपर्ने समय आएको छ, उनले भने, 'नगरपालिकालाई जन्ताले सहजै आफनो सेवा सुविधा बारेमा जानकारी लिनको लागि प्रविधिमैत्री नगरपालिका बनाउने गरी हाल नगरपालिकाले मोबाइल एप सञ्चालनमा ल्याएको हो।'

भेरीनगरपालिकाको परिचय, गृह नक्सा, सामाजिक सुरक्षा, कर्मचारी विवरण, सेवा प्रवाह कार्यविधि, वार्षिक कार्यक्रम लगायतका बारेमा एपबाट जनताले घरमै बसेर जानकारी लिन सकिने नगरपालिकाले जनाएको छ।

नगर कार्यपालीकाको बोर्डका निर्णयहरू, योजनाहरू, सूचना, नगरपालिकाभित्र फोहोरमैला संकलन कार्यतालिकालगायतका बारेमा जानकारी एपमा राखिएको भेरी नगरपालीकाका सूचना प्रविधि अधिकृत इन्जिनियर सुर्यप्रसाद लम्सालले जानकारी दिए ।

नगरपालिकामा रहेको कर तथा शुल्कहरू, नियम-कानुनबारे पनि जानकारी लिन सकिने सुविधा एपमा जोडिएको छ। नगरपालिकाका प्रमुख, उपप्रमुख तथा कर्मचारीहरू कार्यालयमा रहे नरहेको जानकारी एपबाटै लिन सकिन्छ।

यसले कर्मचारी कार्यालयमा नरहेका बेला कार्यालयमा गएर पर्खेर बस्नुपर्ने बाध्यता हट्ने समेत नगर प्रमुख घर्तीको भनाइ रहेको छ । एप बाट प्रत्येक वडा कर्यालयलाई समेत तोकी सुझाब तथा गुनासो नगरपालिका तथा वडाबाट प्रदान गरिने सेवा तथा सुबिधा ,वडा कार्यालयको विवरण ,वडा अनुसार समस्या दर्ता, महत्वपूर्ण स्थान जस्तै पर्यटकीय स्थल, अस्पताल,शैक्षिक संस्था, होटल, वैंक, प्रशासनिक क्षेत्र आदिलाई सिधै गूगल म्यापबाट पत्ता लगाउन , अस्पताल, प्रहरी कार्यालय लगायतका अन्य महत्वपूर्ण कार्यालयको मोबाइल नम्बर कार्यालयबाट पारित ऐन,नियम,कार्यविधि आदि हेर्न तथा डाउनलोड गरी हेर्न समेत सकिने नगरपालीकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.