बिहे गरेपछि रणवीर-दीपिकाले किने ५० करोडको बंगला

बिहे गरेपछि रणवीर-दीपिकाले किने ५० करोडको बंगला

मुम्बई : नवदुलही दीपिका पादुकोणलाई लिएर रणवीर सिंह इटालीबाट मुम्बई फर्किएका छन् । दुवैजना बिहान ८ बजे मुम्बई एयरपोर्टमा उत्रिए । दुवै उस्तै र‌ंगको पोशाकमा देखिए । 

एयरपोर्टमा उत्रिएपछि दुवैलाई फ्यानले घेरेर फोटो खिच्न भ्याए । इटालीबाट उड्नुअघि दुवैको तस्बिर सार्वजनिक भएको थियो । नयाँ जोडीको स्वागतका लागि रणवीरको प्रभादेवी मुम्बईस्थित घरलाई सिंगारिएको छ। 

इटलीमा भव्य विवाह गरेपछि दीपवीरले २१ नोभेम्बरका दिन बैंगलोरमा परिवार र नातेदारका लागि एक रिसेप्सन राखेका छन् । त्यसपछि २८ नोभेम्बरमा मुम्बईमा पत्रकारहरुका लागि रिसेप्शन आयोजित गरिने भएको छ । १ डिसेम्बरमा दीपवीर बलिउडका साथीहरुका लागि पार्टी दिने तयारीमा छन् । 

 
फिल्मफेयरको रिपोर्ट अनुसार दीपिका र रणवीरले मुम्बईको जुहमा एक आलिशान बंगला किनेका छन्  । उनीहरुले भब्य बंगला किन्नका लागि ७० करोड रुपैयाँ छुट्याएका थिए । तर ५० करोड रुपैयाँमै बंगला किन्न सफल भएका हुन् । दुवैले यस बंगलालाई आफ्नो इच्छा अनुसार डिजाइन गराइरहेका छन् । मुम्बई फर्किएपछि दुवै तत्काललाई रणवीरको अहिलेको घरमै रहनेछन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.