भेरी बस दुर्घटनाको पाँच वर्ष, ‘त्यस्तो दिन कहिल्यै नआओस्’

भेरी बस दुर्घटनाको पाँच वर्ष, ‘त्यस्तो दिन कहिल्यै नआओस्’

जाजरकोट : भेरी नगरपालिका-४ रामजानकी टोलका कैलाशसिंह खत्रीलाई मंसिर ४ को दुःखद यादले सताइरहन्छ। ०७१ साल मंसिर ४ गते भुर रावतगाउँ नजिकै ५४ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनामा उनका छोरा प्रदेशसिंहले पनि ज्यान गुमाएका थिए। उनले भने, ‘नेपालगन्ज जान हिँडेको छोरा कहिल्यै नफर्किने गरी हामीलाई छाडेर गयो। मंसिर ४ हाम्रा लागि कालो दिन हो।’ छोरा बितेपछि बुहारी दोस्रो विवाह गरेर गएको उनले बताए। ‘नाबालक नातिनातिना हुर्काउने जिम्मा मेरै काँधमा आइपर्‍यो’, उनले भने, ‘मेरोजस्तो पीडा कसैले भोग्नु नपरोस्।’

भेरीनगरपालिका-२ की लक्ष्मी खड्का पनि बस दुर्घटनापछि पति वियोगमा परिन्। श्रीमान्को मृत्युसँगै उनको काँधमा एक छोरा र दुई छोरी हुर्काउने जिम्मेवारी आइलाग्यो। ‘दैनिक गुजारा चलाउनै मुस्किल परेको छ,’ भक्कानिँदै उनले भनिन्, ‘नेपालगन्ज जान हिँडेका श्रीमान्को मृत्युको खबर सुनेको त्यही दिनको दुःखद घटनाको याद बारम्बार आइरहन्छ। केटाकेटीका लागि भए पनि मुटुमाथि ढुंगा राखेर जिउनुपरेको छ।’

यस्तै हालत छ ५४ जनाका परिवारको। दुर्घटनामा ज्यान गुमाउनेका परिवारमा त्यतिबेलाको पीडाले पछ्याइरहेको छ। खलंगाबाट ६५ यात्रु बोकेर नेपालगन्जका लागि छुटेको बस छिन्चु-जाजरकोट सडकखण्डको भुरनजिकै भेरीमा खसेको थियो। मृतकको सम्झनामा दुर्घटनास्थलमा स्मारिका निर्माण गरिएको छ।

 थोत्रो बस, चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु राखिएको लगायत कारण उक्त दुर्घटना भएको प्रहरीको निष्कर्ष छ। बस दुर्घटनापछि उक्त सडकछेउमा सुरक्षा बार लगाइएको छ भने क्षमताभन्दा बढी यात्रु राख्न कडाइ गरिएको छ। स्थानीय बासिन्दा र पीडित परिवारले दुर्घटना भएको दिनको अवसर पारेर मंगलबार दुर्घटनास्थलमा दीप प्रज्वलन गरिने कार्यक्रम रहेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.