कालिकोटका किशोर-किशोरीलाई लागूऔषधविरुद्ध सचेतना

कालिकोटका  किशोर-किशोरीलाई लागूऔषधविरुद्ध सचेतना

कालिकोट : कालिकोटका विद्यालयमा किशोर-किशोरीलाई लागूऔषध विरुद्ध सचेतना गरिएको छ। जिल्लाको खाँडाचक्र नगरपालिकाको पंचदेवल माध्यामिक विद्यालय मान्म र जनजीवन माध्यामिक विद्यालय ताडीमा लागूऔषध विरुद्ध विद्यालय उमेरका किशोर-किशोरीलाई सचेतना गरिएको हो। 

मुलुकमा पछिल्लो समय लागूऔषध दुव्र्यसनी बढ्दै गएको र जसमा उल्लेख्य रुपमा किशोर-किशोरीकै संलग्नता रहेको पाइएकाले नेपाल प्रहरीको श्रीमति संघको आयोजना, जिल्ला प्रहरी कार्यालय कालिकोटको सह -आयोजना तथा आसरा सुधार केन्द्रको सहयोगमा जिल्लाका विद्यालयमा किशोर-किशोरीलाई लक्षित गरी सचेनता जोगाइएको हो।

आसरा सुधार केन्द्रका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश प्रहरी श्रीमति संघकी अध्यक्ष महिमा शाहको नेतृत्वमा आसरा सुधार केन्द्रका कोषाध्यक्ष अर्चना बस्नेत, सदस्य मोनी बोहोरा, सर्मिला पोख्रेलसहितको टोलीले किशोर-किशोरीलाई लागू औषधको प्रयोगले हुनसक्ने खतरा र यसबाट बच्ने उपायका बारेमा जानकारी गराइएको छ। 

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्मा, आसरा सुधार केन्द्रका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश प्रहरी श्रीमति संघकी अध्यक्ष महिमा शाहले लागूऔषध विरुद्ध जनमत तयार पार्न नेपाल प्रहरी श्रीमति संघले अभियान थालेको बताइन्।

उनले लागूऔषध दुर्व्यसनी आर्थिक, सामाजिक, नैतिक तथा उत्पादशील जनशक्ति उत्पादनको मुख्य बाधक भएको बताउँदै यसलाई न्युनिकरण गर्ने विद्यालय उमेरका भाइबहिनीले सचेत हुनुपर्ने बताइन्। उनले भनिन्, 'लागूऔषध दुव्र्यसनी विरुद्ध २१ वर्षदेखि नेपाल प्रहरी श्रीमति संघले अभियान थालिरहेको छ।

यस अभियानमा किशोर-किशोरीको पनि सक्रियताको खाँचो छ। लागूऔषध मुक्त समुदाय निर्माणका लागि सबै एकजुट हुन आवश्यक छ। कार्यक्रममा आसरा सुधार केन्द्रका प्रतिनिधि सम्राटमानसिंह प्रधानले लागूऔषध दुव्र्यसनीका प्रभावका बारेमा जानकारी दिँदै किशोर-किशोरीलाई यसको प्रयोगबाट जोगिन आग्रह गरे। उनले लागू औषध न्युनिकरणका लागि आपूर्ति नियन्त्रण तथा जनचेतना जोगाउनुपर्ने बताए।

कार्यक्रममा पंचदेवल माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर शाहीले विद्यालयमै आएर किशोर किशोरीलाई लागूऔषध दुव्र्यसनीको विषयमा जनचेतना जोगाइ दिएकोमा नेपाल प्रहरी श्रीमति संघलाई धन्यबाद दिए।

जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्माले कालिकोट जिल्लामा लागूऔषध दुव्र्यसनीको ठूलो प्रभाव नरहेको जानकारी दिए । उनले सामान्य रुपमा धुम्रपान र मध्यपानको समस्या रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.