राजनीतिक मस्यौदा बोकेर प्रदेश पुग्यो कांग्रेस

राजनीतिक मस्यौदा बोकेर प्रदेश पुग्यो कांग्रेस

 विराटनगर : महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रस्तावको मस्यौदा लिएर कांग्रेस प्रदेश झरेको छ।  

नेपाली कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा समितिले कार्यकर्तास्तरमा छलफल आरम्भ गरेको हो। मस्यौदामा सुझाव लिन मंगलबार प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशस्तरीय छलफल आयोजना भएको छ।  कार्यक्रमको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गरे।

‘पार्टी अब नयाँ शिरामा प्रवेश गर्दैछ’, देउवाले भने,‘कांग्रेस अब समय र युग सुहाउँदो हुने अभियानमा छ ।’ उनले विश्वेश्वरप्रसाद कोइरालालगायतले विराटनगरकै भूमिबाट सुरुवात गरेको कांग्रेस ‘अब सबै एक भएर जाऊ’ भन्ने अभियानमा रहेको सुनाए।

देउवाले २००७, २०४६ र २०६२÷६३ को आन्दोलन कांग्रेसकै नेतृत्वमा भएको र फेरि कम्युनिस्टको एकल तथा अधिनायकवादी शासनविरुद्ध पार्टी एक ढिक्का हुने बेला आएको बताए।  भने,‘अहिले सबै एक भएर जाउँ भोलि कस्ले नेतृत्व गर्ने भन्ने भोलि नै तय होला।’ 

मस्यौदा समितिका तर्फबाट छलफल हुने बुँदा र कांग्रेसको अबको बाटोबारे केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टी राजनीतिक तथा आर्थिक प्रस्तावलाई आम जनताले निकै चासोपूर्वक हेरिरहेको बताए।  ‘यसले पार्टीको आगमी कार्यदिशा तथा बाटो प्रस्ट गर्ने भएकोले विश्वले कांग्रेसतर्फ फर्केर हेरिरहेको छ’, उनले भने।  

विराटनगरको विरेन्द्र सभागृहमा मस्यौदामाथि चार चारजनाको समूह बनाएर सामूहिक छलफल गराइएको थियो।  ११ मुख्य बुँदा र एउटा विविध शीर्षकमा भएको छलफलमा सहभागीले खुलेर आफ्ना विचार राखेका थिए ।

राजनीतिक प्रतिवेदन भएकोले सहभागीले राजनीतिक रुपले कांग्रेसले अब लिने बाटोबारे सुझाव दिए।  प्रदेश १ का सांसद लोकप्रसाद संग्रौलाले भने,‘यो एउटा ऐतिहासिक अवसर पनि हो।  कांग्रेसले आफ्नो कार्यदिशा बनाउन लिएको यो बाटो लोकतान्त्रिक हो ।’ उनले यस्ता छलफल कार्यान्वयनमा गएपछि पार्टी सशक्त हुने बताए ।

छलफलमा कांग्रेस–कम्युनिस्टबीच फरकपन, पार्टीको भ्रातृ संस्था अब परम्परागत ढंगले मात्र चल्न नसक्ने भएकोले यसको स्वरुप, सरकारबारेको दृष्टिकोण, कांग्रेसको कार्यक्षेत्रका राजनीतिक समस्या, कांग्रेसले अब लिनुपर्ने राजनीतिक बाटो, संघीयता कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय, विदेश बस्ने नेपालीको मतअधिकार, नयाँ पुस्तालाई कांग्रेससँग जोड्ने योजना, स्थानीय र प्रदेश सरकारको काम कार्वाहीको अवस्थिति र परराष्ट्र नीतिबारे सुझाव लिइएको थियो।  

केन्द्रीय सदस्य श्याम घिमिरेले भने,‘अब युवा पुस्तालाई कांग्रेससँग जोड्नु पर्ने बेला भएको छ।  आर्थिक समृद्धिका योजनाले मात्र युवा काँग्रेसमा आर्कषित हुन सक्छन्।’  पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले तय गर्ने बाटोले नै अबको राजनीतिक अवस्थिति तय हुने चर्चा गर्दै भने,‘युग सुहाउँदो राजनीतिक संगठन बनाउने बेला भएको छ।’ 

सुझाव संकलनमा महासमिति सदस्य, पार्टीका जिल्ला सभापति, प्रदेशका सांसद सहभागी थिए।  कांग्रेसले सातै प्रदेशमा मस्यौदाबारे छलफल गर्ने योजना बनाएको छ।  छलफलबाट आएको सुझावलाई एकीकृत रुपमा विधानमा समेटिने छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.