नेप्से स्थिर, २६ करोडको कारोबार
काठमाडौं : नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक स्थिर देखिएको छ। बुधबार नेप्से एक अंकले बढेको हो।
क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३५ अंकले बढेको छ।
साताको चौथो दिन एक सय ५१ कम्पनीका आठ लाख ५२ हजार सात सय ६८ कित्ता सेयर खरिद बिक्री भएका छन्। २६ करोड ८८ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ।
बैंकिङ समूह १.२२ अंक, विकास बैंक समूह ८.१३, वित्तीय समूह ०.९५, अन्य समूह २.२७ र लाइफ इन्स्योरेन्स समूह ३०.६५ अंकले बढेका छन्।
होटल समूह २२.९३, जलविद्युत समूह ११.८७, नन लाइफ इन्स्योरेन्स समूह ७.४, उत्पादनमूलक समूह ९.३४ र माइक्रोफाइनान्स समूह ०.८५ अंकले घटेका छन्। ट्रेडिङ समूहको भने कुनै कारोबार हुन नसकेको नेप्सेले जानकारी दिएको छ।
सांग्रिला विकास बैंकको सेयर ४.२९ प्रतिशतले बढेको छ। एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर ७.४० प्रतिशतले घटेको छ।