चियामा सधैं झमेला

चियामा सधैं झमेला

 इलाम : इलाम नगरपालिका साखेजुङमा ग्रिनहिल अर्थोडक्स चिया उद्योग सञ्चालन गर्ने टंक दहाललाई चियाको समस्या सम्झँदा कहाली लाग्छ। दक्ष कामदार र चियाको मूल्य पाउने समस्या छ। यसमा पनि कामदारका लागि राम्रो सेवा सुविधा नदिएको गुनासो बढ्न थालेपछि उनलाई कारखाना टिकाउने नयाँ मेसो खोज्नुपर्ला जस्तो लागेको छ।

अधिकारको वकालत गर्ने गैसस सञ्चालक र श्रमिक अगुवाको कुरा सुनेपछि दहालले भने,‘समस्याको पहाड हेर्न कारखाना नै आउनुस्।’ इलाम नगरपालिका ४ को उज्यालो कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु दुलालले हरियो चियाको मूल्य कारखाना पिच्छे मनपरी हुने गरेको बताए। उनका अनुसार कारखाना पिच्छे चियाको मुल्य फरकफरक हुने गरेको छ। कारखाना सञ्चालकले समयमा चियाको रकम दिने नगरेको दुलालको भनाइ छ।

मजदुरले भने कारखानाले श्रमिकलाई बेवास्ता गरेका आरोप लगाउने गरेका छन्। चिया मजदुर देवका आचार्य कारखानाले सरकारले तोके अनुसारको ज्याला नदिएको गुनासो गर्दछन्। नेपालको प्रमुख नगदेबाली मध्यको एक चिया उद्योग पनि पछिल्लो समयमा द्वन्द्वतर्फ तानिदै गएको छ। सरकारले चियाको समस्या दिगो समाधान गर्न उच्चस्तरीय आयोग बनाएपनि त्यसले काम सक्न समय लाग्ने आयोगका सदस्य दिपक पौड्याल बताउँछन्। आयोगले केहीअघि चिया उत्पादक, श्रमिक र कारखाना सञ्चालकलाई भेटेर चियाका समस्या पहिल्याउने प्रयास गरेको थियो।

१९२० सालमा इलामबाट चिया खेतीको सुरुवात भएको हो। २०१६ सालमा बुधकरण टी स्टेट स्थापना भएपछि तराईमा पनि चियाखे विस्तार भएको जानकार बताउँछन्।

मुलुकका १४ जिल्लामा व्यावसायिक चियाखेती गरिँदै आएको छ। देशभर नौ हजार दुई सय ३६ कृषकले १२ हजार हेक्टर क्षेत्रफलमा चियाखेती गर्दा १० करोड ८० हजार केजी हरियो पत्ती उत्पादन हुने गरेको सरकारी तथ्यांक छ। हाल नेपालका ११ हजार ४१ वटा बगानमा चियाखेती गरिँदै आएको छ। इलाममा ६ हजार नौ सय ९५ र सिन्धुपाल्चोकमा आठवटा बगानमा चिया खेती हुँदै आएको छ। झापामा मात्रै एक हजार ६ सय ३१ मा चियाखेती हुने गरेको छ।

नेपालका ११ हजार ४१ वटा बगानमा चियाखेती गरिँदै आएको छ।

नगदेबालीका रूपमा रहेको चियाखेतीबाट कृषक तथा व्यवसायीले हरियो पत्ती बिक्री गरेर वार्षिक एक अर्ब ७४ करोड २२ लाख १५ हजार तीन सय ६५ रुपैयाँ आम्दानी गर्ने गरेको तथ्यांक छ। नेपालमा सीटीसी, अर्थाेडक्स र ग्रिन टी उत्पादन हुँदै आएको छ।

नेपालको प्रांगारिक चिया अहिले जर्मनी, अमेरिका, क्यानडा, जापान, चीन लगायतका मुलुकमा निकासी हुने गरेको छ। इलाम नगरपालिकाका मेयर महेस बस्नेत उत्पादक, श्रमिक र प्रशोधन कर्ताबीचको समस्या समाधान गर्नुपर्ने बताउँछन्। उनी नेपालको चिया नेपाली नागरिकलाई नै बिक्री गर्ने गरी बजारीकरण गर्नुपर्नेमा जोड दिन्छन्।

इलामका प्रमुख जिल्ला अधिकार श्रमणकुमार तिमल्सिना ऐनले तोकेका कुरालाई सबैले कार्यान्वायन गर्नुपर्नेमो जोड दिन्छन्। कम्तिमा न्यूनतम पारि श्रमिक कारखानाले श्रमिकलाई दिनुपर्ने उनको राय छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.