१४ आयोजनामा अख्तियारको अनुसन्धान

१४ आयोजनामा अख्तियारको अनुसन्धान

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ आयोजनाको अनुसन्धान थालेको छ। ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना, भवनको विस्तृत अनुसन्धान थालेको हो। ठेक्का अवधि सकिएका, बारम्बार म्याद थप्ने, ठेकेदार सम्पर्कविहीन रहेका अलपत्र आयोजना अख्तियारले अनुसन्धान दायरामा पारेको छ।

हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण राजमार्गका पुल र सडकखण्डको विस्तृत अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ। उसले १४ पुल, सडकको अनुसन्धान गरिरहेको छ भने स्वास्थ्यका भवन, भवन विभागअन्तर्गत निर्माणाधीन भवन, सडक विभागले बनाएका पुल तथा सडक, सिँचाइ आयोजना, नदी नियन्त्रण आयोजनाको विस्तृत अध्ययन गर्ने तयारी गरेको छ।

अलपत्र हुलाकी राजमार्ग वीरगन्ज क्षेत्रअन्तर्गतका तियर पुल, जमुनी पुल, नाला–१ वीरेखोला पुल, नाला–२ पुल, नाला–३ पुल, वागमती पुलको पनि अख्तियारले अनुसन्धान थालेको छ। हुलाकी राजमार्गअन्तर्गत जनकपुरको घनकौल पुल र हर्कथया पुल, उत्तर–दक्षिण सडक योजनाअन्तर्गत कोसी खण्डको निर्माणाधीन आरसीसी पेभमेन्ट, कालीगण्डकी करिडोरको कागबेनी खोला पुलको पनि अनुसन्धान भइरहेको छ।

 अलपत्र पुल, भवन, सिँचाइ र नदी नियन्त्रण आयोजनाको विस्तृत अनुसन्धान सुरु

मध्यपहाडी लोकमार्गको खोरुंगा खोला पुल, खाङसाङ र सोखु खोला पुल, सिन्धुलीखण्ड र खोटाङखण्डको केही भागको निर्माण पनि अख्यितारको छानबिन दायरामा छ। अख्तियारले अलपत्र रुग्ण आयोजनाको विस्तृत विवरण मागिरहेको छ। कतिपय ठेक्का सम्झौता भएका आयोजनाका काम सुरु भएका छैनन्। ठेक्का लिएर ठेकेदार सम्पर्कविहीन छन्। ठेकेदारले ठेक्का लिएर मोबिलाइजेसनबापत् रकम लिएर काम नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियार स्रोतले जानकारी दिएको छ।

हुलाकी राजमार्गको जनकपुर क्षेत्रअन्तर्गत १ करोड १३ लाख ७८ हजार रुपैयाँमा भैरव कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको घनकौल पुलको निर्माण अझै सुरु भएको छैन। पुल गत २०७३ पुस २४ मा नै सक्ने गरी २०७३ असार २४ मा ठेक्का लिएको थियो। भैरवसँगै २ करोड १५ लाख ५६ हजार रुपैयाँमा सम्झौता भएको हर्कथया पुल निर्माण पनि सुरु भएको छैन। यो पुल २०७० असोज २९ मा ३ वर्षभित्र बनाइ सक्ने सम्झौता भएको थियो।

८६ लाख २५ हजार रुपैयाँमा बिटी/टौदह/शिवराज जेभीसँग सम्झौता भएको हुलाकी राजमार्ग वीरगन्ज क्षेत्रअन्तर्गतको नाला–१ वीरेखोला पुलको निर्माण थालिएकै छैन। २०७० असार २४ मा सम्झौता भएको पुल २०७१ भदौ २४ मा सक्नु पर्ने थियो।

४९ लाख ९२ हजार रुपैयाँमा कोसी एन्ड न्यौपाने निर्माण सेवाले सम्झौता भएको मध्यपहाडी लोकमार्ग कोसीखण्डको खोरुंगा पुलका काम नगरी ठेकेदार बेपत्ता छ। २०७४ पुस १३ सम्म सम्पन्न गर्न २०७३ असार १४ गते ठेक्का सम्झौता भएको थियो।

उत्तर–दक्षिण कोसी सडक आयोजनाको आरसीसी पेभमेन्टको निर्माण १० प्रतिशत मात्र भएको छ। श्रीपाली निर्माण सेवाले २०७४ असार २० मा निर्माण सक्न २०७३ फागुन ८ मा ६३ लाख ७६ हजार रुपैयाँमा ठेक्का लिएको थियो। हुलाकी राजमार्गको वीरगन्ज क्षेत्रअन्तर्गतको जमुनी पुल १० वर्षदेखि अलपत्र छ। वागमती पुल ९ वर्षदेखि अलपत्र छ। तियर पुल ८ वर्षदेखि अलपत्र छ।

पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएका अधिकांश आयोजनामा अख्तियारले अनुसन्धान थालेको छ। ठेकेदार, कर्मचारी र आयोजना प्रमुखमाथि अनुसन्धान गरिरहेको छ।

विभागले पनि कारवाही गर्ने

सडक विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठले लापरवाही गर्ने ठेकेदारमाथि कारवाही गर्ने बताए। उनले भने, ‘एकाध ठेकेदारका कारण सबै बदनाम भएका छन्, त्यसैले पनि त्यस्तालाई कारवाही गर्नु पर्छ। हामी पनि गर्छौं, अख्तियारले पनि गरोस्।’

उनले आयोजना समयमा सम्पन्न नहुनाका कारण धेरै रहेको बताए। ‘मुआब्जा, पोल हटाउने, टेलिफोनका पोलदेखि लिएर अनेकौं प्राविधिक समस्या छन्’, उनले भने, ‘सबै ठेकेदार नराम्रा भएर मात्र पनि होइन काम ढिलो भएको।’

उनले कतिपय आयोजनाको गलत डिजाइनका कारणले समेत निर्माण ढिलो हुने बताए। उनले सार्वजनिक खरिद ऐनले समेत निर्माणमा समस्या आइरहेको बताए। बजेटको सीमितताले पुल, सडक निर्माणमा समस्या भइरहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.