विद्यालय गाभिएपछि बालबालिकालाई सकस

विद्यालय गाभिएपछि बालबालिकालाई सकस

सुर्खेत  : विद्यालय मर्ज हुन थालेपछि बालबालिकालाई सकस भएको छ। अधिकांश बालबालिकालाई हिँडेर विद्यालय पुग्न समस्या हुने गरेको हो। शिक्षकको अनुपातमा विद्यार्थी संख्या न्यून भएको भन्दै स्थानीय तहले कर्णालीका अधिकांश विद्यालय मर्ज गरिरहेका छन्। सुर्खेतमा दर्जनभन्दा बढी विद्यालय गाभिएका छन्।

गुर्भाकोट नगरपालिकास्थित गुमीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बेतेनी र नेपाल राष्ट्रिय आधारभूत विद्यालय पण्डितकाल्ना मर्ज भए। घरनजिकैको विद्यालय गाभिएपछि बेतेनीका बालबालिका एक घण्टासम्म हिँडेर पण्डितकाल्ना पुग्ने गरेका छन्। कक्षा ३ मा अध्ययनरत सरस्वती रोकायले भनिन्, ‘पहिला घरनजिकै स्कुल थियो, अहिले एक घण्टा हिँडेर पुग्नुपर्ने गाउँमा सरेको छ। हिँड्दा–हिँड्दा थाकेर कहिलेकाहीँ त स्कुल जानै मन लाग्दैन।’

मर्ज गरिएकामध्ये अधिकांश विद्यालय प्रावि तहका छन्। शिक्षकको अनुपात मिलाउन यसरी धमाधम विद्यालय मर्ज भइरहँदा साना बालबालिका समस्यामा पर्ने गरेका छन्। सिम्ता गाउँपालिकास्थित माइभगवती प्रावि र नेरामावि खेल्नेचौर मर्ज भए। विद्यार्थी विशाल विक भन्छन्, ‘घर नजिकको विद्यालय अर्को गाउँमा सर्‍यो, जंगलको बाटो हुँदै जानुपर्छ। समयमै पुग्न सकिँदैन, थाकेर स्कुलमा पुग्दा पढाएको पनि बुझिँदैन।’

मर्ज भएपछि अधिकांश बालबालिकाका लागि विद्यालयको दूरी टाढा बनेको छ। अभिभावकले बालबालिकालाई स्कुलमा पुर्‍याउन नसकेको दिन पढाइ छुट्ने गर्छ। न्यून विद्यार्थी रहेको र नजिकै अर्को विद्यालय भएकाले खर्च व्यवस्थापन गर्न यस्तो गरिएको स्थानीय तहको दाबी छ। कतिपय स्थानमा गाउँमा रहेको विद्यालय टाढा पुगेपछि बालबालिकाले पढाइ छाड्ने समस्या आएको अभिभावक हर्क नेपालीले बताए।

विद्यालय टाढा भएकै कारण बालबालिकाको पढाइ नछुटोस् भनेर प्रदेश सरकारले विशेष शिक्षानीति ल्याउन लागेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सामाजिक विकासमन्त्री दल रावलले भने, ‘प्रदेशको शिक्षानीति बनाउँदै छौं, अब आवासीय सुविधासहितका विद्यालय सञ्चालन हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.