हरेक किसिमका पाउडर बनाउने जडिबुटी हामीसँग छन् : मुख्यमन्त्री शाही

हरेक किसिमका पाउडर बनाउने जडिबुटी हामीसँग छन् : मुख्यमन्त्री शाही

कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको समग्र विकासको पहिलो आधार नै कृषि क्षेत्र रहेको बताएका छन्। मंगलबार कृषि ज्ञान केन्द्र कालिकोटको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन्।

गृह जिल्लामा साविकको जिल्ला कृषि विकास कार्यालयलाई मुलुकको नयाँ संघीय संरचनाअनुसार कृषि ज्ञान केन्द्रका रुपमा उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा कृषि क्षेत्रको प्रचुर सम्भावना रहेको बताउँदै कृषि क्षेत्रलाई व्यवस्थित र व्यवसायिक नबनाएर समग्र प्रदेशको विकास र समृद्धिको अभियान पूरा नहुने बताए।

उनले कालिकोटको मात्र नभई सिंगो कर्णालीको विकासका लागि कर्णाली प्रदेश सरकार श्रोतको अभाव हुन नदिने बताउँदै मुख्यमन्त्री शाहीले सबै खालको हावा पानी पाइने कालिकोटमा व्यवसायिक कृषितिर सबैको ध्यान जानुपर्ने बताए । 

उनले सबै किसिमका सम्भावना हुँदाहुँदै पनि यहाँका नागरिकको जीवनस्तर पछाडी रहेको बताउदै यहाँका चाउरिएका गालाहरु कृषि क्षेत्रले नै हराभरा बनाउने बताए। उनले भने', कालिकोटमा हरेक किसिमका पाउडर बनाउन प्रयोग हुने जडिबुटीहरु प्रशस्त छन्।

शरीरलाई तन्दुरुस्त बनाउने खालका कृषिजन्य उत्पादनहरु पनि यहाँ छन्।अब कृषि क्षेत्रलाई व्यवस्थितरुपमा अगाडी बढाएर सबैको अनुहारमा चमक ल्याउनुपर्छ।जनतालाई उत्पादनमुलक काममा नजोडी समृद्धि प्राप्त हुँदैन।'

मुख्यमन्त्री शाहीले भने, 'कृषि, उद्योग, पर्यटन, जडिबुटीलगायतका क्षेत्रमा उत्पादनमुलक योजना आवश्यक छ। प्रदेश योजना आयोगले प्रदेशको बहुआयामिक विकासका लागि अल्पकालिन र दीर्घकालिन योजना निर्माणको काम थालनी गरिसकेको बताउँदै मुख्यमन्त्री शाहीले तीनवटै तहको सहकार्यमा कर्णालीको विकास अभियान अगाडि बढ्ने बताए। 

उनले कालिकोट जिल्लाको तल्लो भागदेखि माथिल्लो भागसम्म आँप, केरा, सुन्तलादेखि स्याउसम्म उत्पादन भइरहेको बताउँदै यसको सदुपयोग हुन नसकेको बताए।

उनले सबै खालको हावापानी पाउने जिल्लामा सबैखालका कृषि उत्पादनको व्यवसायिक खेतीलाई किसानले पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै यसका लागि सरकारले पनि सहयोग गर्ने बताए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, राष्ट्रियसभा सदस्य जीवन बुढा, नरपति सुनार, प्रदेशसभा सदस्य कुर्मराज शाही र सुशीला शाहीलगायत अन्य स्थानीय तहका प्रमुखको पनि उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.