फेवा किनारमा पर्यटकका अनेकरुप : जोखाना हेर्नेदेखि बाजा बजाउनेसम्म

फेवा किनारमा पर्यटकका अनेकरुप : जोखाना हेर्नेदेखि बाजा बजाउनेसम्म

पोखरा : पोखरा घुम्न आएका केही पर्यटकले खर्च जोहो गर्न जोखानादेखि बाजा बजाउनेसम्मको काम गर्ने गरेका छन्। पोखराको प्रमुख पर्यटकीय केन्द्र फेवाताल किनारको फुटपाथमा पर्यटकले क्यूरियोको सामान बिक्री गर्ने र कागजमा पेन्ट्रिङ बनाएर ताल किनारमा पसल थापेरै बिक्री समेत गर्दै आएको पाइएको छ। 

ताल किनारमा शनिबार कोरियन पर्यटकले बाजा बजाउँदै थिए। उनीहरुको बजाएको संगीतको धुन सुन्न विदेशी र नेपाली झुम्मिएका थिए। संगीतको धुन सुनेपछि नेपाली र विदेशीले सोइच्छाले केही रकम पनि दिए। अर्जेन्टिनाबाट आएकी पर्यटकले क्यूरियोको सामाग्रीको पसल राखेर ताल किनारमा ग्राहकको प्रतिज्ञा गरिरहेकी थिइन्। उनको आडैमा सोल्भानियाकी अर्की पर्यटकले आफूले कागजमा बनाएको चित्र फिजारेर ग्राहकको पर्खामा थिइन्। 

उनीहरुसँगै थिइन् अर्की पर्यटक सानले। उनले कार्डको प्रयोग गरी नेपाली र विदेशीको भाग्य भन्दै थिइन्। खर्च जोहो गर्न जहाँ गयो त्यही हेराउने काम गर्छु। 'जहाँ हुन्छु, त्यही मेरो देश' उनले कुन देशबाट आएको हो भन्ने जिज्ञासामा भनिन्। 

हेरायको यति नै रकम दिनुपर्छ भन्ने छैन उनले सुनाइन्। तर जति प्रश्न सोध्यो त्यती नै पिच्छे जति भए पनि रकम दिनुपर्ने उनले बताइन्। पर्यटक भीषामा घुम्न आएका पर्यटकले घुम्नेबाहेक अन्य लाभको काम गर्न नपाउने कानुनी प्रावधान रहेको नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलीयाले बताए।

पोखराको फेवाताल किनारमा बाजा बजाउँदै पर्यटक । 

स्थानीलाई मनोरञ्जन दिन गीत गाउन, बाजा बजाएर रमाइलो गर्न सक्छन्। तर त्योबापत  आर्थिक लाभ लिनु गैह्कानुनी भएको उनले सुनाए।  अवैध रुपमा पोखरामा व्यापार गर्ने माग्ने पर्यटक धेरै भएकोले प्रहरी प्रशासन, स्थानीय सरकारले निगरानी गर्नु पर्ने पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपीबहादुर भट्टराईले बताए।

नेपालमा पैसा खर्च गर्नुभन्दा पनि नेपालीसँगै मागेर घुम्ने पर्यटक आउँदा नेपालको अर्थतन्त्रलाई कुनै योगदान नदिने भएकोले सरकारले यस्ता पर्यटकलाई निरुत्सहित गर्नुपर्ने उनले बताए ।पोखराको लेकसाइड क्षेत्रमा भारतीयले मागेर पर्यटकलाई हैरान दिएको पनि उनले बताए। बालबच्चा लिएर पर्यटकसँगै दैनिक माग्ने गर्दा समस्या परेको पनि उनले सुनाए। 

पर्यटन भीषामा आउने पर्यटकले समय समयमा अवैध व्यापार गर्दै आएको भेटिएपछि समातेर वडा प्रहरी कार्यालय बैदाममा बुझाउँदै आएको पर्यटन प्रहरी कार्यालय पोखराका निमिक्त प्रमुख लालबाहादुर थापाले सुनाए। यसबारे थप अनुगमन गरेर कानुनी दायरामा ल्याइने उनले सुनाए। 

पोखरामा बाजा बजाएर पैसा माग्ने, अवैध व्यापार गर्ने पर्यटक बेलाबेलामा आइरहने गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख नबीन कार्कीले बताए। यस्ता पर्यटलाई सम्झाई बुझाई गर्ने र नमानेमा कानुनी कारवाही समेत गर्दै आएको उनले बताए। 

 पोखराको फेवाताल किनारमा क्यूरियोका सामाग्री बिक्री गर्दै पर्यटक । 
 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.