मेची पर्यटन महोत्सव : ५० हजार पर्यटक भित्र्याउने लक्ष्य

मेची पर्यटन महोत्सव : ५० हजार पर्यटक भित्र्याउने लक्ष्य

इलाम : झापाको केचनादेखि ताप्लेजुङको पाथीभरासम्म पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले मेची क्षेत्र पर्यटन महोत्सवको हुने भएको छ। सिक्कम, बंगलादेश र विहारका पर्यटकलाई लक्षित गरेर पुस ५ देखि १६ गते सम्म इलाममा महोत्सव आयोजना गर्ने आयोजक इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिले जनाएको छ। 

तीन वर्ष अघि 'चलो इलाम' लगायतका अभियानसहित भारतको कलकत्तामा पुगेर यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि काम गरेको समितिले चारै जिल्लाका पर्यटनसँग सरोकार राख्ने सबैलाई एकैठाउँ उभ्याउने प्रयास गरेको संस्थाका महासचिव देवी पौड्यालले बताए। 

महोत्सवको अवसरमा इलाममा स्थानीय उत्पादन र व्यावसायिक संस्थाका उत्पादनको एक सयवटा स्टल राख्ने पौड्यालले जानकारी दिए। महोत्सवमा साहित्यिक कार्यक्रम, खेलकुद, स्थानीय पर्यटकीय स्थलको भ्रमण, मेची क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गर्न सकिने प्रयासका बारेमा अन्तरक्रियालगायतका कार्यक्रम आयोजना गरिने अध्यक्ष विजय राईले जानकारी दिए।

साविक मेची अञ्चलका चार जिल्लामा हेर्न लायक अनेक स्थानको पहिचान र प्रर्वद्धनका लागि समेत महोत्सवले सहयोग गर्ने आयोजक स्थाका सल्लाहकार धर्म गौतमले बताए।समुद्री सतहदेखि ५८ मिटरमा रहेको झापाको केचनकवलदेखि अर्जुनधारा,सतासीधाम,जामुनखाडी सिमसार क्षेत्र अहिले पनि झापामा पर्यटकको पर्खाइमा छन्। 

इलामको अन्तुडाँडाबाट सूर्योदय हेर्न सकिन्छ। यहाँबाट सूर्योदयको दृश्य राम्रोसँग देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तका लागि प्रख्यात अन्तुडाँडा, पाथीभरा, कन्याम, गुफापाताल, नयाँबजार, इलामको चिया बगान, सेतीदेवी, गजुरमुखी, सिंहवाहिनी, माइस्थान, लारूम्वा, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, माईपोखरी, टोड्के झरनालगायतका थुप्रै पर्यटकीय स्थलको प्रवद्र्धनका लागि समेत महोत्सवले योगदान गर्ने आयोजकको दावी छ। 

पाँचथको जोरपोखरी, सिलौती, ऐतिहासिक महत्व बोकेको हिलिहाँङ दरबार, सुम्हात्लुङ देवस्थल, पानावा झर्ना, छिन्तापु, तिम्बुङ पोखरी, पौवा भञ्ज्याङ र ताप्लेजुङका पूर्वी नेपालकै प्रसिद्ध धार्मिकस्थल पाथिभरा देवी मन्दिर, विश्वकै तेस्रो र नेपालकै दोस्रो ८,५८६ मिटर अग्लो कंचनजंघा हिमश्रृंखला क्षेत्र, तिम्बुङपोखरी, फुङफुङे झर्ना, मिल्के जलजले क्षेत्र, दिकी छ्योलिङ गुम्बा लगायतलाई स्वदेशी र विदेशी पर्यटकको आखामा पार्न महोत्सवको आयोजना गरेको महासचिव पौड्यालले जानकारी दिए। 

महोत्सवमा २३ लाख खर्चहुने अनुमान गरिएको छ। महोत्सव अवधीभरमा ५० हजार पर्यटकले महोत्सवमा भाग लिने र सो अवधिमा २ करोड ५० लाखको कारोबार हुने अनुमान गरिएको छ। महोत्वमा चौरी प्रर्दशन लगायतका कार्यक्रम समेत रहेका छन्। महोत्सवमा यस क्षेत्रका जातजातीको परिकारहरु, कला, सस्कृती र पोसाक समेत प्रर्दशन गर्ने आयोजकले जनाएको छ।

महोत्सवको अन्तिम दिन अर्को वर्ष यस्तै महोत्सव आयोजना गर्ने जिल्लालाई महोत्सवको लोगो हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। सल्लाहकार गौतमका अनुसार लोगो ग्रहणगर्ने संस्थाले अर्को वर्ष महोत्सवको आयोजना गर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.