धर्नास्थल पुगेर डा. केसीले भने : निर्मलाका हत्यारालाई सरकारकै संरक्षण

धर्नास्थल पुगेर डा. केसीले भने : निर्मलाका हत्यारालाई सरकारकै संरक्षण

महेन्द्रनगर : छोरीका हत्यारा सार्वजनिक गर्न मागसहित अनशनरत निर्मला पन्तका बुवाआमालाई धर्नास्थलमा भेटेर प्रा. डा. गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालयको मुलगेट बाहिर १७ दिनदेखि जारी धर्नामा ऐक्यबद्धता जनाउन मंगलबार डा. गोविन्द केसी कञ्चनपुर पुगेका हुन् । 

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ महिना बितिसकेको छ । तर अहिलेसम्म पनि हत्यारा सार्वजनिक भएको छैन । मंगलबार धर्नास्थलमा ऐक्यबद्धता जनाउन पुगेका केसीले सरकारले ४ महिनासम्म बलात्कारी र हत्यारा सार्वजनिक गर्न नसक्नु कमजोरी भएको बताए । 

‘घट्ना भएको यत्रो महिना बितिसक्यो, अहिलेसम्म सरकार मौन छ,’ उनले भने, ‘यो सरकारले जतिसक्दो छिटो निर्मला हत्याप्रकरणका दोषीलाई सार्वजनिक गर्नुपर्छ ।’ डा. केसीले अहिलेको सरकार अन्धो, बहिरो, अपराधी लुकाउने र निरकुंश भएको आरोप लगाए । उनले निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै संरक्षण गरेको हुन सक्ने आशंका व्यक्त गरे । 

छोरीको न्यायका लागि १७ दिनदेखि धर्नारत पन्त परिवार रआफन्तलाई भेट्न कञ्चनपुर पुगेका डा. केसीले घटनाको प्रारम्भदेखि नै प्रमाण मेटाउने काम भएको बताए । ‘यो घट्नाको अनुसन्धान शुरु गर्दादेखि नै प्रमाणहरु मेटाउने काम भएको छानबिन समितिले भनिसकेको छ,’ उनले भने, ‘प्रमाण मेटाउने काममा संलग्नलाईसमेत सरकारले केरकार गरेको देखिएन ।’ 

घटनाको प्रमाण मेटाउने सबैलाई जेल सजाय हुनुपर्ने उनको भनाई छ । केसीले देश विदेशका लाखौैं नेपालीले न्यायका लागि सडकमा आउँदासमेत यो सरकारले कानमा तेल हालेर बसेको आरोप लगाए । सार्वभौम जनतो न्याय लिएरै छोड्नेबारे राजनीतिक दलाले कुनै भ्रम पालेर बस्न नहुनेसमेत उनले बताए ।

डा केसीले पुस २ गतेसम्म पनि सरकारले निर्मला हत्या प्रकरणका अपराधीलाई सार्वजनिक गर्न नसके आफू सत्याग्रहमा जाने चेतावनी दिएका छन् । छोरीको हत्यारा सार्वजनिक गर्न माग राखेर १४ दिनसम्म धर्नामा बसेका बुवा यज्ञराजको शारीरिक तथा मानसिक अवस्था कमजोर भएपछि उपचारका लागि काठमाडौं लगिएको छ । 

यज्ञराजसँगै उनकी श्रीमती दुर्गादेवी पनि उपचारका लागि गएकी छिन् । जारी धर्नामा निर्मला पन्तकी कान्छी आमा लक्ष्मी पन्त बसेकी छिन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.