सूर्याेदय–साना किसान लगानी सम्झाैता

सूर्याेदय–साना किसान लगानी सम्झाैता

इलाम : सूर्योदय नगरपालिकाले चिया प्रशोधन कारखाना स्थापनाका लागि साना किसान विकास बैंकसँग कर्जा लगानी सम्झौता गरेको छ। ५६ वटा चिया कारखाना सञ्चालनमा रहेको सूर्योदयभित्र साना किसान सहकारीमार्फत कारखाना स्थापना स्थापनाका लागि सम्झौता भएको हो।

कारखाना स्थापना गर्दा एक करोड लागतसम्मको ब्याज नगरपालिकाले व्यहोर्ने छ। ६ वटा कारखाना स्थापना गर्ने गरी लगानीमा सम्झौता भएको सूनपाका मेयर रणबहादुर राईले जानकारी दिए। बैंकका अध्यक्ष खेमबहादुर पाठकले नमुना योजनाका रूपमा इलाममा चिया कारखाना स्थापनामा सहयोग गर्न लागेको बताए। उनले भने, ‘अहिलेको लगानीले राम्रो प्रतिफल दिए अरु लगानी गर्नेछौं।’

नगरपालिकाले ब्याज अनुदानका लागि चालु आर्थिक वर्षमा ४५ लाख रुपैयाँ विनियोजन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौड्यालले जानकारी दिए। सम्झौताअनुसार साना किसान सहकारीलाई एउटा कारखाना स्थापना गर्न एक करोड कर्जा दिइने बैंकका नायब कार्यकारी अधिकृत झरेन्द्र भट्टराईले बताए। सहकारीले चार वर्षमा कर्जा चुक्ता गर्नुपर्ने शर्तमा उल्लेख छ।

मेयर राई र बैंकका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम कोइरालाले सझौतापत्रमा हस्ताक्षर गरेका छन्। सो कार्यक्रममा अर्थमन्त्रालयका सल्लाहकार रामशरण खरेल, इजरायली राजदूत बेनी अमिरलगायत उपस्थित थिए। नगरपालिकाले नेपालमै पहिलो पटक चियाको गुणस्तर कायम गर्ने र हरियो पत्तीको मूल्य नियन्त्रण गर्ने उद्देश्यले नयाँ कार्यविधि ल्याएको छ। चिया टिप्ने पहिलो सिजनमा हरियो चियाको मूल्य प्रतिकिलो ८० र नरमपात भएको पत्तीको ४० रुपैयाँ कायम गरेको नगरपालिकाले किसानकै कारखाना स्थापनाका लागि सहयोग गर्न लागेको मेयर राईले बताए।

सूर्योदय नगरपालिका क्षेत्रमा हरियो चियापत्तीको उत्पादन, प्रशोधन र संकलन गर्ने व्यक्ति, संघसंस्थालाई लक्ष्य गरी पहाडी चियामा हुने मौलिक गुणस्तर कायम गरी चिया उत्पादन, प्रशोधन गर्नु गराउनेलगायत व्यवस्था छन्। सूर्योदय नगरपालिकाले चिया उत्पादन र व्यवसाय गर्न आवश्यक पुँजी प्रवाह सरलीकरण, चिया अक्सन बजारको पूर्वाधार र चिया निर्यातका लागि अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार, चिया खेतीमा संलग्न किसानलाई सहकारिताको सिद्धान्तअनुसार संगठित गराउँदै लैजाने योजना अघि सारेको मेयर राईले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.