सहज जित निकाल्दै रियल मड्रिड अन्तिम १६ मा

सहज जित निकाल्दै रियल मड्रिड अन्तिम १६ मा

एजेन्सी : घरेलु लिग ला लिगामा खराब प्रदर्शन गरिरहेको स्पेनिस पावर हाउस क्लब रियल मड्रिड च्याम्पियन लिगमा आफ्नो प्रभाव देखाउन सफल भएको छ । मंगलबारको खेलमा बलियो प्रतिद्वन्द्वी इटालियन क्लब रोमालाई उसकै मैदानमा २–० ले हराएर सानदार जित निकाल्न सफल भयो । 

पहिलो हाफ बराबरीमा सकिएकोमा दोस्रो हाफ सुरु हुनेबित्तिकै ४७ मिनेटमा बेलले गोल गरी रियललाई अग्रता दिलाए । ५९ औं मिनेटमा लुकास भाज्क्वेजले गोल गरी अग्रता दोब्बर बनाए । यही नै अन्तिम नतिजा बन्न पुग्यो । 

जितसँगै गत सिजनको विजेता टोली रियल मड्रिड समूह विजेताको रुपमा नकआउट चरणमा पुग्ने पक्का  भएको छ । समूह जीमा रहेको रियल मड्रिडले ५ खेलबाट १२ अंक बनाएको छ । हारपछि पनि ५ खेलबाट ९अंक रहेको रोमा पनि अन्तिम १६ स्थान बनाउन सफल  भएको छ। 

अब लिगमा १–१ खेल मात्रै खेल्न बाँकी छ । यस खेलमा पराजित भए पनि गोलअन्तरका आधारमा रियल मड्रिड समूह विजेता बन्ने पक्का भएको छ । 
सोलारीले स्थायी प्रशिक्षकका रुपमा नियुक्ती पाएपछिको पहिलो खेलमा नमीठो हार व्यहोरेको रियल मड्रिडको यस जितले सोलारीलाई पनि राहत मिलेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.