दुर्घटनामा युवाको मृत्यु, शव लिन गएका आफन्त पनि दुर्घटनामा परे

दुर्घटनामा युवाको मृत्यु, शव लिन गएका आफन्त पनि दुर्घटनामा परे

सुर्खेत : सुर्खेतको सिम्ता गाउँपलिका–गजौडामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । जाजरकोट छेडाबाट सुर्खेततर्फ आउँदै गरेको मोटरसाइकल बुधबार गजौडा नजिकै दुर्घटनामा परेको हो । भे ८ प ३४२४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जाजरकोट शिवालय गाउँपलिका–९ नाहाडाका ३५ वर्षीय महेन्द्र चन्द ठकुरीको घटनास्थलमै मृत्यु भएको छ । 

मोटरसाइल सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।  दुर्घटनामा परेका ठकुरी भेरी नदी किनारमा मृत भेटिएको वादेपिपल इलाका प्रहरी कार्यालय जानकारी दिएको छ । ठकुरीको शव बुझ्न आएका आफन्त पनि दुर्घटनामा घाइते भएका छन् । दुर्घटनाको खबर पाएपछि आफन्तहरु ट्याक्टरमा आएका थिए । 

दुर्घटनास्थलमा आउँदै गर्दा कम्दमा लु १ त ९५७७ न ट्याक्टरको ट्रली पल्टिँदा २१ जना घाइते भएका हुन् ।  सिम्ता गाउँपालिका–४ बालिखोलाको मा ट्याक्टरको ट्रली पल्टेको प्रहरीले जनाएको छ ।  घाइते सबैलाई उपचारका लागि मेहलकुना लगिएको वादेपिपल इलाका प्रहरी कार्यालयका इन्चार्ज श्याम शाहले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.