कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध

कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध

तानसेन : पाल्पाका सरकारी कार्यालयमा फेसबुक चलाउन प्रतिबन्ध लगाइएको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल चलाए कारबाही हुने भएको हो।

सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीले फेसबुक तथा ट्विटर चलाएर बस्दा समयमा काम नभएको गुनासो आएपछि प्रशासनले यस्तो नियम बनाएको हो। प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जिल्लाका सरकारी तथा संस्थानका कार्यालय प्रमुख तथा सूचना अधिकारीलाई कार्यालय समयमा फेसबुक नचलाउन निर्देशन दिएका हुन्।

जनताको काम छिटो–छरितो गर्न, कार्यालयका गतिविधि जनतालाई जानकारी गराउन, कार्यालयका वेबसाइट चुस्तदुरुस्त राख्न दिइएको इन्टरनेट सेवा दुरुपयोग भएको प्रजिअ खनालको भनाइ छ। जिल्लाका सबै कार्यालयले इन्टरनेट जडान गरेका छन्। जडानदेखि मासिक खर्च भइरहेको छ। तर, ९० प्रतिशत सरकारी कार्यालयको वेबसाइट अपडेट छैन।

सर्वेक्षणमा ९० प्रतिशतभन्दा बढी कर्मचारी कार्यालय समयभर फेसबुक अनलाइनमा देखिने गरेका छन्। फेसबुकका कारण सरकारी काममा ढिलासुस्ती भएको गुनासो बारम्बार आएपछि यस्तो कदम चाल्नुपरेको प्रजिअ खनालले बताए। जिल्लाका सरकारी कार्यालय प्रमुख तथा सूचना अधिकारीलाई ३ दिनभित्र चौमासिक प्रगति विवरण पेस गर्न पनि प्रजिअ खनालले निर्देशन दि एका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार ३ वटा कार्यालयको मात्र चौमासिक प्रगति विवरण आएको छ। प्रजिअ खनालले ३ दिनभित्र प्रगति विवरण पेस नभए स्पष्टीकरणसहित जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन कार्यालय प्रमुखलाई निर्देशन दिएका छन्।

जिल्लामा विकास निर्माणका काममा ढिलासुस्ती भएको, सडक, पुल, भवन आदि समयमा नवनेको, ठेकेदारले समयमा काम नगरेको गुनासो बढेको छ। जनगुनासोलाई सम्बोधन गर्दै कालीगण्डकी करिडोर डिभिजन पुल, डिभिजन सडक, भवन डिभिजन तथा खानेपानी कार्यालयमार्फत भएका काम चुस्तदुरुस्त बनाउन समयमा काम नगर्ने निर्माण व्यवसायीको विवरण बुझाउन पनि प्रजिअ खनालले कार्यालय प्रमुखलाई निर्देशन दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.