दाम्लोमा बाँधिएका बालकको उद्धार

दाम्लोमा बाँधिएका बालकको उद्धार

फिदिम : आमाले छाडेर गएपछि दाम्लोमा बाँधिन बाध्य पाँच वर्षीय बालक मित्रहाङलाई उद्धार गरी उपचार गर्न पठाइएको छ।  पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बास्थित पाङ्तुवाका उनी दुई वर्षयता दाम्लोमा बाँधिँदै आएका थिए।  यसबारे अन्नपूर्ण पोस्ट्मा ( आमाले छाडेपछि दाम्लोमा समाचार प्रकाशन भएपछि संघसंस्थाबाट सहयोग जुट्न थालेको हो।  बालकलाई पत्रकार तथा मानवअधिकारकर्मीको रोहवरमा बिहीबार उद्धार गरी उपचार गर्न पठाइएको हो। 

मित्रहाङको उपचार गर्न मिक्लाजुङ गाउँपालिकाले पनि २० हजार रुपैयाँ सहयोग गरेको छ।  गाउँपालिकाका अध्यक्ष अमर माखिमले बालकको उपचारमा कमी हुन नदिने प्रतिबद्धता जनाए।  उनलाई उपचारका लागि बीपी कोइराला विज्ञान प्रतिष्ठान धरान गर्न पठाइएको छ।  फेसबुक अभियानबाट आर्थिक संकलन भइरहेको छ।  प्रतिष्ठानका चिकित्सक अरुणकुमार सिंहको नेतृत्वमा उनको उपचार हुने गाउँपालिकाका अध्यक्ष मामिखले जानकारी दिए। 

अस्पतालले रेफर गरे वा थप उपचार गर्नुपरे पनि सहयोग गरिने अध्यक्ष माखिमले बताए।  पत्रकार तथा मानवअधकिारकर्मीको टोली बिहीबार बालकको निवास पुगेको थियो।  खरले छाएको झुप्रो घरको सिकुवामा धान कुट्न प्रयोग गरिने ओख्लीमा बालकको खुट्टा दाम्लोले बाँधिएको थियो।  मित्रहाङका बुवा आसिकराम लामो समयदेखि विदेशमा छन्। 

आमा शिलाले दोस्रो विवाह गरेर गएपछि उनको हेरचार गर्ने मान्छे अभावमा दाम्लोमा बाँध्न थालिएको हो।  मित्रहाङलाई हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले सहारा दिएका हुन्।  हजुरबुबाले बालकमा मानसिक समस्या रहेकाले दाम्लोमा बाँध्नुपरेको बताए।  ‘उपचारपछि नाति ठीक होला भन्ने आशा पलाएकोे छ’, उनले भने।  बालक केही बोल्न सक्दैन।  एकोहोर चिच्याउने अनि रुने गर्छ।  कसैले खानेकुरा दिए खान्छ।  अढाई वर्षको हुँदा मित्रहाङ आगोमा परेपछि मानसिक सन्तुलन बिग्रेको हजुरआमाको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.