शिक्षकले लिए आन्दोलन फिर्ता

शिक्षकले लिए आन्दोलन फिर्ता

सल्यान : वनगाड कुपिण्डे नगरपालिकाका शिक्षकले २० दिनदेखि गर्दै आएको आन्दोलन शनिबार फिर्ता लिएका छन्। नगरपालिकाले शिक्षक तथा कर्मचारीलाई तलव भत्ता उपलव्ध गराउने सहमति गरेसँगै आन्दोलन फिर्ता लिएका हुन्। 

नगरपालिकाभित्रको विवाद साम्य भई यही मङ्सिर १८ गते नगरसभा हुने र तलब भत्ता उपलब्ध गराउने प्रतिबद्धता नगरप्रमुखले गरेपछि आन्दोलन फिर्ता लिइएको नेपाल शिक्षक महासङ्घ कुपिण्डेले जनाएको छ।  गत साउनदेखि तलव भत्ता नपाएको भन्दै नगरपालिकाभित्रका शिक्षकले कात्तिक २० गतेदेखि आन्दोलन गरेका थिए। 

सहमति भएपछि आइतबारबाट पठन पाठन शुरु गर्न अनुरोध गरिएको महासङ्घका अध्यक्ष अकवर पुनले जानकारी दिए। नगर प्रमुख र उपप्रमुखबीचको विवादका कारण समयमै नगरसभा हुन नसकेपछि शिक्षकलगायत कर्मचारीहरुले साउनदेखि तलब पाएका थिएनन्।  रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.