पुलिसलाई हराउँदै संकटा दोस्रो स्थानमा

पुलिसलाई हराउँदै संकटा दोस्रो स्थानमा

काठमाडौं  : घरेलु लिगको सफल टोली नेपाल पुलिस क्लबलाई स्तब्ध बनाउँदै संकटा क्लब पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । छैटौं चरणअन्तर्गत एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा संकटाले पुलिसलाई २–१ गोलले हरायो ।

संकटासँगको नमीठो हारले पुलिसको अगाडि यात्रामा धक्का लागेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गरेका थिए । संकटाले २९औं मिनेटमा रक्षक सरोज दाहालको गोलमा अग्रता लिएको थियो । सरोजले लक्ष्मण रुचालको कर्नर पासमा अनमार्क हेड गोल गरेका थिए । पुलिससँग जोसिलो खेल खेलेको संकटाले ३७औं मिनेटमा दोस्रो गोल गरेको थियो ।

मध्यभागबाट एक्लै बल दौडाएका दीपेश आलेमगरले पुलिसका गोलरक्षक शत्रुधन चौधरीसँग वान भर्सेस वानमा गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए । दुई गोलपछि रक्षात्मक देखिएको संकटामाथि पुलिसले ३९औं मिनेटमा एक गोल फर्कायो । पुलिसका रविशंकर पासवानले पोस्ट नजिकबाट गोल गरे । उनले अभिषेक रिजालको पासमा वानटज जाली चुमाएका थिए । मध्यभागमा राम्रो देखिएको पुलिसको अग्रपंक्ति कमजोर देखिएको थियो । संकटाले दोस्रो हाफमा थप गोल गर्ने अवसर बनाए पनि सफल हुन सकेन । जितसँगै ६ खेलबाट १५ अंक बनाएको संकटा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको मनाङ मस्र्याङ्दी समान १५ अंकका साथ शीर्ष स्थानमा छ । यसअघि १० अंक बनाएको पुलिस पाँचौं स्थानमा छ ।

एपीएफको दोस्रो जित

यसैगरी एन्फा मैदानमै भएको अर्को खेलमा विभागीय टोली एपीएफ क्लबले एनआरटी क्लबलाई २–१ गोलले हराएको छ । एपीएफले खेल सुरु भएको तेस्रो मिनेटमै खाता खोलेको थियो । एपीएफका लागि युवराज खड्काले गोल गरे । एपीएफको गोलपछि खेलमा फर्किएको एनआरटीले १५औं मिनेटमा बराबरी गोल फर्कायो । एनआरटीका लागि राजेश परियारले बराबरी गोल गरेका थिए । दोस्रो हाफमा सुधारिएको खेल खेलेको एपीएफले ७३औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेको थियो । पेनाल्टीको सुदीप डीबक्स सिख्राकारले सदुपयोग गरे ।

एनआरटीका असिम गुरुङले डीबक्सभित्र एपीएफका युवराज खड्कालाई लडाएपछि एपीएफले पेनाल्टीको मौका पाएको थियो । लिगमा एपीएफको यो दोस्रो जित हो । जितसँगै सात अंक बनाएको एपीएफ सातौं स्थानमा उक्लिएको छ । एनआरटीले भने पछिल्ला पाँचवटै खेलमा हार खेपेको छ । एनआरटीले पहिलो खेलमा बलियो आर्मीलाई २–२ गोलको बराबरीमा रोकेको थियो । एक अंकमा सीमित एनआरटी तालिकाको अन्तिममा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.